stcnepal long ad
ime life insurance
national life
global ime bank long

स्वरोजगार लघुवित्त वित्तीय संस्थाको करिब ११ हजार कित्ता शेयर बिक्रीमा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको करिब ११ हजार कित्ता शेयर बिक्रीमा राखिएको छ। संस्थाको संस्थापक समूहको शेयर बिक्रीमा राखिएको हो। हाललाई यो शेयरमा संस्थाकै संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्।

निवेदन पेस गर्न ३५ दिनको समय दिइएको छ। इच्छुक संस्थापक शेयरधनीहरुले काभ्रेको बनेपास्थित संस्थाको केन्द्रीय कार्यालयमा शेयर खरिदका लागि निवेदन दिन सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई बिक्री खुला गरिने संस्थाले जनाएको छ।

 

IME Lifesidebar
kumari