stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिर्जना फाइनान्सको नाफा घटे

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा सिर्जना फाइनान्सको नाफा घटेको छ । यस अवधिमा नाफा १७.३०% ले घटेर १२ करोड ५१ लाख ९६ हजार रुपैयाँमा आएको छ ।

अघिल्लो वर्ष यसले १३ करोड १४ लाख ३ हजार रुपैयाँ नाफा कमाएको थियो । सञ्चालन नाफा घटेकाले पनि खुद नाफा प्रभावित भएको हो । यसअवधिमा सञ्चालन नाफा १८.८८% ले घटेर १७ करोड ८८ लाख ५१ हजार रुपैयाँमा सीमित भएको छ ।

अघिल्लो वर्ष यसले २२ करोड ४ लाख ७९ हजार रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको थियो । यता, खुद ब्याज आम्दानी भने बढेको छ । खुद ब्याज आम्दानी ३.६८% ले बढेर ३० करोड ९५ लाख ३७ हजार रुपैयाँ पुगेको छ । अघिल्लो वर्ष यसले २९ करोड ८५ लाख ४६ हजार रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो ।

असार मसान्तसम्म आइपुग्दा यसको चुक्ता पुँजी ८४ करोड ७८ लाख ३८ हजार रुपैयाँ छ । जगेडा कोषमा १८ करोड ५६ लाख १० हजार रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १४ रुपैयाँ ७७ पैसा रहेको यस कम्पनीको प्रतिसेयर नेटवर्थ १३४ रुपैयाँ ०४ पैसा छ ।

IME Lifesidebar
kumari