stcnepal long ad
ime life insurance
national life
global ime bank long

सुजुकी भी–स्ट्रोमको मूल्यमा १० हजार वृद्धि, बीएस६ भेरिएन्टमा नेपाल आयो जिक्सर

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालका लागि सुजुकीको आधिकारिक विततर भीजी अटोमोबाइल्सले भी–स्ट्रोम एसएक्स २५० बाइकको मूल्यमा १० हजार रुपैयाँले वृद्धि गरेको छ । यसको मूल्य पहिले ६ लाख ९ हजार ९ सय रुपैयाँ भएकोमा अब ६ लाख १९ हजार ९ सय पुगेको छ ।

त्यसैगरी बीएस६ भर्सनका नयाँ मोडल नेपालमा उपलब्ध भएका छन् । जिक्सर १५० एफआई मोटरसाइकल र एक्सेस १२५ एफआई डिस्क कनेक्ट स्कुटर अब बीएस६ भर्सनमा उपलब्ध हुने भएका हुन् । यी दुई मोडलको मूल्य क्रमशः ४ लाख २९ हजार ९ सय र ३ लाख ३४ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

त्यसैगरी एभेनिस स्कुटर समेत एफआई ओबीडी भर्सनमा उपलब्ध हुने भएको छ । यसको मूल्य ३ लाख २३ हजार ९ सय रुपैयाँ तोकिएको छ ।

नेपाली बजारमा अब ड्रम, डिस्क र कनेक्ट लगायत विभिन्न भर्सनका सुजुकीका मोटरसाइकल र स्कुटर उपलब्ध हुने कम्पनीको भनाइ छ । हाल नेपाली बजारमा उपलब्ध सुजुकीका विभिन्न मोडल र तिनको मूल्य सूची यस प्रकार रहेको छ :

IME Lifesidebar
kumari