stcnepal long ad
ime life insurance
national life
global ime bank long

राष्ट्रपतिलाई नियन्त्रणमा लिएका मालीका सैनिकहरूले नागरिक सरकार गठन गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

एजेन्सी । पश्चिम अफ्रिकी देश मालीमा सेनाले गरेको सत्तापलटको अन्तर्राष्ट्रिय स्तरबाट गरिएको निन्दामा संयुक्त राष्ट्रसङ्घ पनि जोडिएको छ। सैनिकहरूले नियन्त्रणमा लिएको केही घन्टापछि राष्ट्रपति इब्रहिम बुबाकार केयटाले राजीनामा दिएको घोषणा गरेका थिए। संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्को बैठकले क्षेत्रीय सङ्गठनहरूले जस्तै आवाज उठाएको छ।

उसले अझै पनि सैनिक नियन्त्रणमा रहेका राष्ट्रपति केयटासहित सबै सरकारी अधिकारीहरूलाई तत्काल मुक्त गर्न र संवैधानिक व्यवस्था पुनर्स्थापित गर्न माग गरेको छ।

शक्ति हस्तान्तरण गर्ने
अफ्रिकी सङ्घले यसअघि मालीको सदस्यता निलम्बन गरिसकेको छ। अमेरिकार र फ्रान्सले पनि उक्त घटनाको निन्दा गरेका छन्। तर सैनिक विद्रोहमा संलग्नहरूले देशलाई थप अराजकताबाट जोगाउन कदम चालेको बताएका छन्। नागरिक सरकार गठन गर्ने र नयाँ चुनाव गराउने उनीहरूको भनाइ छ।

राजधानी बमाकोमा बोल्दै उनीहरूले आफूहरूले शक्ति साँच्न नचाहेको उल्लेख गर्दै नागरिक सरकार गठन गरेर शक्ति हस्तान्तरण गर्ने बताए। उनीहरूले आफूहरूका कारण राजीनामा दिन बाध्य भएका राष्ट्रपतिको कदमको स्वागत गर्दै शुक्रवार विजय र्‍यालीको आह्वान गरेका विपक्षी नेतासँग भेट गरेका छन्।

बारम्बार सत्तापलट
तर उक्त वार्तापछि यसअघि भएका सरकारविरोधी प्रदर्शनहरूको अगुवाइ गरेका एक चर्चिक धार्मिक अगुवा महमुद डिको राजनीतिबाट पछि हट्ने घोषणा गरिएको छ।

केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए। केयटा राष्ट्रपतिको दोस्रो कार्यकालयको निम्ति सन् २०१८ को चुनावमा निर्वाचित भएका थिए । तर उनले जुन महिनादेखि भ्रष्टाचार, आर्थिक अवस्था र विवादित संसदीय चुनावलाई लिएर ठूलो सडक प्रदर्शनको सामना गर्दै आएका थिए।

माली विश्वका गरिब देशहरूमध्ये पर्छ, जसले कैयौँ पटक सैनिक सत्तापलटको अनुभव बेहोरेको छ। अहिले उक्त देश जातीय हिंसा र जिहादी आक्रमणको लहर नियन्त्रणको निम्ति लडिरहेको छ। बीबीसी

IME Lifesidebar
kumari