stcnepal long ad
ime life insurance
global ime bank long

नेपाल इन्भेष्टमेण्ट बैंकमा विदेशबाट अनलाइनबाटै रकम पठाउन सकिने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन नेपाल इन्भेष्टमेण्ट बैंक र WireBarley बीच विप्रेषण कारोबार गर्र्ने सम्झौता भएको छ । यस सम्झौतापछि अस्ट्रेलिया, अमेरिका न्यूजल्याण्ड तथा दक्षिण कोरियामा रहेका नेपालीहरुले त्यहाँस्थित कुनै पनि बैंकबाट सिधै रकम पठाउन सक्ने छन् ।

आफ्नो खाता प्रयोग गरी WireBarley को Mobile App अथवा online portal प्रयोग गरि नेपालमा रकम पठाउन सक्नेछन् । WireBarleyको  Mobile App Google Playstore / Appstore बाट download गरि आफ्नो  mobile df install   गर्न सकिन्छ ।

Wirebarley मार्फत पृथ्वी रेमिटमा पठाएको रकम नेपालस्थित कुनैपनि बैंककोे खातामा तुरुन्तै रकम जम्मा हुने बैंकले जनाएको छ । Wirebarley  मार्फत पठाएको पैसा नेपाल इन्भेष्टमेण्ट बैंकको विप्रेषण सेवा पृथ्बी रेमिटका देशभर छरिएर रहेका १० हजार भन्दा बढी भुक्तानी काउन्टरहरुबाट समेत तुरुन्त प्राप्त गर्न सकिन्छ  ।

देशका विभिन्न ठाउँमा रहेका ८२ वटा शाखा र १२४ वटा एटिएम मार्फत आफ्नो सेवा दिइरहेको नेपाल इन्भेष्टमेण्ट बैंक लि. र  Wirebarley  बीचको सहकार्यले नेपालीहरुलाई छिटो र छरितो तरिकाले रकम पठाउन र पाउन सहज बनाएको छ ।

यस अघि नेपाल इन्भेष्मेण्ट बैंक लि.ले विदेशमा रहेका नेपालीहरुलाई पृथ्वी रेमिट मार्फत स्वदेशमा रकम पठाउन सहज बनाउने हेतुले विभिन्न राष्ट्रमा बैंक तथा विप्रेषण प्रदायक कम्पनीहरुसँग सम्झौता गरि कारोवार गर्दै आएको छ ।

नेपाल इन्भेष्मेण्ट बैंक लि.ले भारतमा Axis Bank,  अमेरिकामा Paypal (XOOM), साउदी अरेबियामा Bank Albilad (Enjaz), Alrajhi Bank, यू.ए.इ मा SAMBA Group, कतारमा Wallstreet Exchange,City Exchange, Gulf Exchange, दक्षिण कोरियामा E9Pay Remittance  र यूरोप तथा अन्य मुलुकवाट सेवा दिन Transfast Remittance  सँग सहकार्य गर्दै आएको छ ।

prabhu mahalaxmi
kumari