stcnepal long ad
ime life insurance
global ime bank long

विदेश पठाइदिन्छु भन्दै ठगी गर्ने सात जना पक्राउ

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ रकम रकम ठगी गरेको अभियोगमा सात जनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा अर्घाखाँचीका–२८ वर्षीय सन्तोष अधिकारी, दाङका–२९ वर्षीय हेमन्त केसी, सुनसरी घर भएका ४२ वर्षीय सुकदेव राई, सोही नगरपालिका–३ बस्ने सुनसरिका ३४ वर्षीय मनिष पोदार, रूपन्देहीका–४७ वर्षीय रामरतन मिश्र, कास्कीका ३९ वर्षीय अमृत अधिकारी र रौतहटका ३५ वर्षीय मिर इसलामाना रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक सुरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो ।

पक्राउ परेकामध्ये सन्तोषले ग्रिस पठाइदिन्छु भन्दै रु १० लाख, हेमन्तले क्रोएसिया पठाइदिन्छु भन्दै रु १३ लाख ३० हजार, सुक देवले सर्विया पठाइदिन्छु भन्दै रु १३ लाख, मनिषले युके पठाइदिन्छु भन्दै रु दुई लाख, रामले युएई पठाइदिन्छु भन्दै रु दुई लाख ३० हजार, अमृतले अजरबैजान पठाइदिन्छु भन्दै तीन लाख ५० हजार र मिरले युके पठाइदिन्छु भन्दै रु १२ लाख ६३ हजार लिएर सम्पर्कबिहीन भएको प्रहरीको भनाइ छ ।

उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौँ पठाइएको प्रवक्ता थापा क्षेत्रीले बताउनुभयो ।

prabhu mahalaxmi
kumari