stcnepal long ad
global ime bank long

धितोपत्र बोर्डको अध्यक्षमा डा.गोपालप्रसाद भट्ट नियुक्त

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्षमा डा. गोपाल भट्ट नियुक्त भएका छन्। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले उनलाई बोर्डको अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

बोर्डका तत्कालीन अध्यक्ष सन्तोष नारायण श्रेष्ठले पदबाट राजीनामा दिएपछि नेतृत्व रिक्त रहेको थियो। सोही रिक्त पदमा सरकारले भट्टलाई नियुक्त गरेको हो।

श्रेष्ठ २०८१ मंसिर १० गतेदेखि चार वर्षे कार्यकालका लागि सेबोनको अध्यक्ष बनेका थिए। तर कार्यकाल पूरा हुनुअघि नै उनले पद छाडेपछि बाँकी अवधिका लागि नयाँ अध्यक्ष चयन गरिएको हो।

सरकारको निर्णयअनुसार भट्टले श्रेष्ठको बाँकी कार्यकाल पूरा गर्नेछन्। यसअनुसार उनको कार्यावधि २०८५ मंसिर ९ गतेसम्म रहनेछ।

IME Lifesidebar
kumari