चल्न थाल्यो मेटाको फेसबुक, मेसेञ्जर लगायतका सामाजिक सञ्जाल
काठमाडौं । मेटा इन्कले सञ्चालन गरिरहेको सामाजिक सञ्जालहरूमा विश्वभर देखिएको प्राविधिक समस्या समाधान भएको छ।
शुक्रबार साँझ करिब ७ः३० बजेदेखि देखिएको समस्या राती ९ बजेदेखि क्रमशः समाधान भएको हो। प्रयोगकर्ताहरूका अनुसार, मेटाले सञ्चालन गरिरहेको सामाजिक सञ्जालहरूमध्ये फेसबुक, इन्स्टाग्राम र मेसेन्जरमा प्राविधिक गडबडी देखिएको थियो।
यी तीनवटै सामाजिक सञ्जाल चल्न छोडेका थिए। स्वतः लग आउट हुने र पुराना पोष्ट फिडहरू मात्र देखिने समस्या थियो।
मेटाले सेवा पुनःस्थापनाको प्रयास जारी राखेको छ। एक साथ करोडौंको संख्यामा प्रयोगकर्ताहरू समस्यामा परेकोमा क्रमशः सेवाहरू पुनः सञ्चालनमा आउँदैछन् ।
यद्दपी बिजनेश सुइट, मेसेन्जर प्लेटफर्म, ह्वाट्सएपको बिजनेस प्लेटफर्म र फेसबुकको विज्ञापन मेनेजरमा अझै समस्या रहेको छ ।



























