stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सानिमा बैंकको नाफा ४२ प्रतिशत बढ्यो

अधिकांश वित्तीय सूचकमा देखियो चमक

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सानिमा बैंक लिमिटेडले सार्वजनिक गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण अनुसार गत आवको तेस्रो त्रैमासको तुलनामा चालू आर्थिक वर्षको तेस्रो त्रैमासमा बैंकको खुद नाफा ४२.२२ प्रतिशतले वृद्धि भएको छ।

बैंकले गत आर्थिक वर्षको चैत मसान्तसम्म १ अर्ब ६५ करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म २ अर्ब ३५ करोड २ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको वित्तीय विवरणले देखाएको छ। चालू आर्थिक वर्षमा कम्पनीको आम्दानीमा उल्लेख्य वृद्धि भएको कारण नाफा बढेको हो।

गत आर्थिक वर्षको चैत मसान्तसम्म ४ अर्ब २८ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको बैंकले त्यसको तुलनामा चालू आर्थिक वर्षको चैत मसान्तसम्म २०.४८ प्रतिशतको वृद्धि सहित ५ अर्ब १६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गर्न सफल भएको छ।

आम्दानीमा वृद्धि भएसँगै बैंकको सञ्चालन नाफा पनि समीक्षा अवधिमा २ अर्ब २५ करोड १३ लाख रुपैयाँबाट ४७.५० प्रतिशतले वृद्धि भई ३ अर्ब ३२ करोड ६ लाख रुपैयाँ नाघेको छ। बैंकको कुल सञ्चालन आम्दानी पनि ६ अर्ब ४ करोड ५७ लाख रुपैयाँबाट बढेर ७ अर्ब २७ करोड ९६ लाख रुपैयाँ पुगेको छ।

चुक्ता पूँजी १५ अर्ब ५८ करोड १५ लाख रुपैयाँ रहेको यस बैंकको रिजर्भ कोषमा ८ अर्ब ६६ करोड ३१ लाख रुपैयाँ सञ्चिति रहेको छ। गत आर्थिक वर्षको चैत मसान्तसम्म बैंकको वितरणयोग्य मुनाफा २ अर्ब १९ करोड ८५ लाख रुपैयाँ रहेकोमा चालू आर्थिक वर्षको चैत मसान्तसम्म वितरणयोग्य मुनाफा २ अर्ब १४ करोड १५ लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १६.३३ रुपैयाँबाट बढेर २२.९२ रुपैयाँ पुगेको छ भने खराब कर्जा ३.४२ प्रतिशतबाट बढेर ३.९९ प्रतिशत कायम भएको छ।

बैंकको प्रतिशेयर नेटवर्थ १७९.५५ रुपैयाँ रहेको छ। बैंकले १ खर्ब ९० अर्ब ७७ करोड ६६ लाख रुपैयाँ ग्राहकमा कर्जा प्रवाह गरी २ खर्ब ३३ अर्ब ८६ करोड ९१ लाख रुपैयाँ निक्षेप संकलन गरेको छ।

prabhu mahalaxmi
kumari