धादिङकी चाँदनी श्रेष्ठ बनिन् आठौं ब्युटिसियन ट्यालेन्ट
काठमाडौं । ‘न्युलुक ब्युटी फर लाईफ ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८को उपाधि धादिङकी ब्युटिसियन चादनी श्रेष्ठले चुमेकी छिन् । उनले २५ हजार रुपैयाँ नगद, शिर्ष उपाधिसहित वेस्ट हेयर स्टाईलिस्ट अवार्ड, पब्लिक च्वाईस अवार्ड र मल्टी मिडिया अवार्ड पनि जितिन् ।
ब्युटिसियनहरुको प्रतिभा प्रस्तुति र व्यक्तित्व विकासको लागि काठमाडौँमा आयोजित यो प्रतियोगितामा २० जना प्रतिस्पर्धी अन्तिम प्रतिस्पर्धामा थिए ।
समारोहमा भिवर्स च्वाईस अवार्ड र वेस्ट आईल्यासेस टेक्निसियन अवार्डसहति खोटाङकी हिरा राई फस्ट रनर अप भइन् भने उनले१५ हजार रुपैयाँ पनि प्राप्त गरिन् । वेस्ट स्क्रिन अवार्डसहित संगीता राई सेकेन्ड रनर अप भइन भने उनले १० हजार रुपैयाँ र क्राउन प्राप्त गरिन् ।
रोज ब्युटी एकेडेमी र विलक्षण क्रियसन प्रा.लि.द्वारा आयोजित ‘ब्युटिसियन ट्यालेन्ट नेपाल २०२६’ सिजन– ८मा मोस्ट डिसिप्लेन अवार्डसहित अनिता गुरुङले थर्ड रनर अपको उपाधि हासिल गरिन् । यस्तै स्वस्तिका अधिकारी विष्टले वेस्ट आई अवार्ड सहित म्यानेजमेन्ट च्वाईस अवार्ड जितिन् भने वेस्ट स्टाईलिस्ट अवार्डसहित अस्बिना सिंहले अर्गनाईजर च्वाईस अवार्ड प्राप्त गरिन् ।
ग्रान्ड फिनालेको निर्णायकमा अग्रज गायिका देवीका वन्दना, अभिनेता श्रीदेव भट्टराई, गणेशमान प्राविधिक शिक्षालय (सिटिइभिटी)की प्रिन्सिपल पशुपति जोशी, फेशन डिजाइनर गोमा अधिकारी धिताल, अग्रज ब्यु्टिसियनद्धय सिता श्रेष्ठ, मञ्जु सापकोटा र सामाजिक अभियन्ता ज्ञानु श्रेष्ठ थिए । वेस्ट ड्रेसको निर्णायकमा फेसन डिजाइनर गोमा अधिकारी र मितु अधिकारी थिए ।
अन्य उपाधि तर्फ रेखा लामिछानेले मोस्ट बब्ली अवार्ड, राधा चौधरीले वेस्ट मेकअप अवार्ड, रेश्मा केसीले वेस्ट ड्रेस र मोस्ट इन्नोसेन्ट अवार्ड, मिना मोक्तानले मोस्ट ब्युटिफूल अवार्ड, सलिना थापाले वेस्ट फिगर अवार्ड, सम्झना लिम्बुले मोस्ट फोटोजेनिक अवार्ड हाँसिल गरे ।
यस्तै रविना तामाङले मोस्ट ट्यालेन्ट अवार्ड प्राप्त गरेको सो ग्रान्ड फिनाले समारोहमा रेणुका कुमारी चौधरीले वेस्ट मेकअप अवार्ड, गौरी कार्कीले मोस्ट फ्रेन्डली अवार्ड, चन्द्रा ताम्राकारले वेस्ट स्माइल अवार्ड, अन्जु तुलाधर श्रेष्ठले मोस्ट सिभिलिटी अवार्ड, इशारा गुरुङले वेस्ट क्याटवाक अवार्ड र सरस्वती आचार्य गौतमले वेस्ट आयुर्वेदिक थेरापिष्ट अवार्ड जिते ।
कार्यक्रममा जयन सुब्बा मानन्धरको कोरियोग्राफी र कृष्ण रसालको डान्स कोरियोग्राफी रहेको थियो । यो प्रतियोगिताको निर्देशकमा पहिलो सिजनकी विजेता एवम् गायिका सरिता भारती थिइन् ।
नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटाले सो कार्यक्रमको उद्घाटन गर्दै ब्युटिसियनहरुको प्रोत्साहनमा बिगत ८ वर्षदेखि यो प्रतियोगिताले महत्त्वपूर्ण योगदान दिएको बताए ।
सो कार्यक्रमको आयोजक संस्था रोज ब्युटी एकेडेमीकी अध्यक्ष सोनी कारंजितले कार्यक्रममा स्वागत मन्तव्य दिँदै ब्युटिसियनहरुको प्रतिभालाई उजागर गर्न आफूहरूले यो कार्यक्रम गर्दै आएको बताइन् ।
समारोहमा गायकहरू नारायण थापा, ओम सुनार, सविन सुवेदी, रमेश पाठक र गायिका सारिका घिमिरेले आफ्ना चर्चित गीत प्रस्तुत गरेका थिए भने ३६० डिग्री डान्स स्टुडियोका कलाकारले नृत्य प्रस्तुत गरेका थिए ।





























