stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

अमेरिका–इरान युद्धले विश्‍व अर्थतन्त्रको वृद्धिदर घट्ने आईएमएफको चेतावनी

Nimb long ad
Prabhu Insurance Long Ad

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रबन्ध निर्देशक क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्धका कारण विश्व अर्थतन्त्रमा परेको दबाब घटाउन सबै मुलुकहरूले आपसी समन्वयका साथ काम गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् ।

न्युयोर्कमा आयोजित सन् २०२६ को वसन्त बैठकको उद्घाटन सत्रलाई सम्बोधन गर्दै उनले एकल–एकल रूपमा लिइने आर्थिक निर्णय, निर्यात नियन्त्रण तथा मूल्य नियन्त्रणजस्ता नीतिहरूले विश्व अर्थतन्त्रलाई झन् अस्थिर बनाउने चेतावनी दिएकी हुन् । उनका अनुसार यस्ता कदमहरूले आपूर्ति शृङ्खला कमजोर पार्नुका साथै बजारमा अनिश्चितता थप बढाउन सक्छ ।

जर्जिएभाले वित्तीय निकायहरूलाई कमजोर वर्गलाई लक्षित गर्दै सीमित र अस्थायी सहायता कार्यक्रम सञ्चालन गर्न सुझाव दिएकी छन् । यस्ता सहयोग मध्यम अवधिको आर्थिक योजनासँग मेल खाने हुनुपर्नेमा जोड दिइन्

त्यसैगरी उनले केन्द्रीय बैंकहरूलाई पनि सतर्क रहन आग्रह गर्दै मुद्रास्फीति नियन्त्रण बाहिर जाने संकेत देखिएमा ब्याजदर समायोजनमार्फत आवश्यक नियन्त्रणात्मक कदम चाल्नुपर्नेमा जोड दिएकी छन् ।

मूल्यवृद्धिको चक्रलाई रोक्न समयमै लिइने मौद्रिक नीतिले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । साथै, आर्थिक सहायता कार्यक्रमहरू स्पष्ट समयसीमा सहित अस्थायी रूपमा मात्र लागू गर्नुपर्नेमा उनले विशेष जोड दिएकी छन् ।

उनले वित्तीय नियामक निकायहरूलाई पनि अझ चुस्त, लचिलो र तत्काल प्रतिक्रिया दिन सक्ने संरचना विकास गर्नुपर्ने आवश्यकता औंल्याएकी छन् । सीमित स्रोतहरूको प्रभावकारी उपयोग गर्दै वित्तीय स्थायित्व कायम राख्न सूक्ष्म तथा समष्टिगत दुवै नीतिहरूलाई सन्तुलित रूपमा लागू गर्नुपर्ने उनको भनाइ छ ।

जर्जिएभाले सदस्य राष्ट्रहरूलाई आवश्यक वित्तीय सहयोग उपलब्ध गराउने प्रतिबद्धता समेत व्यक्त गर्दै मध्यपूर्व युद्धका कारण छोटो अवधिमा भुक्तानी सन्तुलनका लागि सहयोगको माग करिब २० अर्बदेखि ५० अर्ब अमेरिकी डलरसम्म पुग्न सक्ने प्रारम्भिक अनुमान प्रस्तुत गरेकी छन् ।

prabhu mahalaxmi
kumari