एनआइसी एसियाले थोरै भए पनि नाफा बढायो
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म आइपुग्दा एनआइसी एसिया बैंकको नाफामा सामान्य सुधार आएको छ । यसअवधिमा बैंकको खुद नाफा ३.२४% ले बढेर ३ अर्ब १२ करोड १४ लाख ८७ हजार रुपैयाँ पुगेको छ ।
अघिल्लो वर्ष बैंकले ३ अर्ब २ करोड ३२ लाख ८२ हजार रुपैयाँ नाफा कमाएको थियो । यता, वितरण योग्य नाफा भने ३३.०७५% ले घटेको छ । गत वर्ष २ अर्ब १५ करोड २८ लाख ५७ हजार रुपैयाँ रहेको वितरण योग्य अहिले नाफा १ अर्ब ४४ करोड ७ लाख ३४ हजार रुपैयाँमा सीमित भएको छ ।
चौथो त्रैमाससम्ममा खुद ब्याज आम्दानी ९.२६% ले बढेर ७ अर्ब ६० करोड ४८ लाख ३१ हजार रुपैयाँ पुगेको छ । सञ्चालन नाफा भने १.०१% ले घटेर ४ अर्ब ४६ करोड ७६ लाख १३ हजार रुपैयाँमा सीमित भएको छ ।
निक्षेप संकलन र कर्जा लगानी क्रमशः १४.०३% र १२.३४% ले बढेको छ । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ३२ रुपैयाँ १२ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ३६ पैसा रहेको छ ।























