stcnepal long ad
global ime bank long

एनएमबि बैंकले २ अर्ब २५ करोड रुपैयाँ नाफा कमाए

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएमबि बैंक लिमिटेडले बैंकले गत आर्थिक वर्षको अन्त्यसम्ममा २ अर्ब २७ करोड खुद नाफा कमाएको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ०.५९ प्रतिशत मात्र बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले २ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको थियो ।

बैंकले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार बैंकको नाफा सामान्य मात्र बढेपनि वितरण योग्य मुनाफा भने ११.९३ प्रतिशत बढेको छ ।

असार मसान्तसम्ममा बैंकको वितरण योग्य मुनाफा एक अर्ब ४२ करोड छ। अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकको यस्तो मुनाफा एक अर्ब २७ करोड रुपैयाँ रहेको थियो।

खुद ब्याज आम्दानी बढेसँगै बैंकको खुद नाफा बढेको हो। बैंकले चौथो त्रैमासको अन्त्यसम्ममा ५ अर्ब ५२ करोड खुद ब्याज आम्दानी गरेको छ जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १ अर्ब २८ करोड रुपैयाँ बढी हो । बैंकको सञ्चालन नाफा भने २५ प्रतिशत घटेर २ अर्ब ४३ करोडमा सीमित भएको छ।

IME Lifesidebar
kumari