सिभिल बैंकले सार्वजनिक गर्यो वित्तीय विवरण
काठमाडौं । सिभिल बैंकले गत आर्थिक वर्षको चौथो त्रैमासमा ४५ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको छ । नाफा अघिल्लो वर्षको भन्दा ३५.३९% ले थोरै हो । अघिल्लो वर्ष बैंकले ७० करोड ७४ लाख रुपैयाँ नाफा कमाएको थियो । सिभिलको खुद ब्याज आम्दानी १.७८%ले बढ्दा सञ्चालन नाफा भने ४२.५९% ले घटेको छ । यो त्रैमाससम्म आइपुग्दा बैंकको वितरणयोग्य नाफा पनि ५४।७२५ ले घटेको छ । बैंकले निक्षेप संकलन र कर्जा लगानी भने क्रमशः ३६.९३% र २०.६५% ले बढाउन सफल भएको छ ।
असारसम्म यसको चुक्ता पुँजी ८ अर्ब ३३ लाख रुपैयाँ रहेको छ । रिजर्भ कोषमा भने १ अर्ब ८० करोड रुपैयाँ छ । बैंकलाई रिजर्भ कोष बढाउने चुनौती देखिन्छ ।
चौथो त्रैमाससम्म आइपुग्दा सिभिलको प्रतिसेयर आम्दानी ३ रुपैयाँ ७९ पैसाले घटेर ५ रुपैयाँ ७१ पैसामा सीमित भएको छ । प्रतिसेयर नेटवर्थ १२५ रुपैयाँ ८५ पैसा रहेको छ ।























