टेक्सासमा कोरोना संक्रमण पाँच लाख भन्दा बढी पुग्यो
एजेन्सी । अमेरिकाको टेक्सस राज्यमा मंगलबार कोरोना भाइरसको संक्रमण ८ हजार ९ सय नयाँ फेला परेका छन् । यो संगै त्यहाँ कोरोनाको संख्या अहिलेसम्म पाँच लाख भन्दा बढी पुगेको छ ।
पछिल्लो हप्ता मुकाबले राज्यमा हाल दैनिक करिब ६ हजार ९ सय नयाँ कोरोना देखिएको जनाइएको छ । टेक्ससको कोरोना पोजेटिभ रेट अहिलेसम्म २४ प्रतिशत पुगेको छ ।
आलोचकहरू भन्छन्, ‘टेक्सास नेताहरूले धेरै चाँडै राज्य पुनः खोल्न अनुमति दिए, जसका कारण त्यहाँ कोरोनाको केस एकदमै उच्च भयो।’
यद्यपि अधिकारीहरु भन्छन, ‘अवस्था पहिले भन्दा राम्रो छ, तर उनीहरु पनि व्यक्तिलाई सामाजिक दूरी र मास्क लगाउन अपील गर्दैछन्।’



























