stcnepal long ad
nabil bank
macchha(MBL)

लागूऔषध तस्कर मारिएपछि हिंसा रोक्न मेक्सिकोमा हजारौँ सैनिक तैनाथ

Nimb long ad
Prabhu Insurance Long Ad

मेक्सिकोका एक शक्तिशाली लागूऔषध तस्कर मारिएपछि शुरू भएको हिंसाको लहर रोक्न र सुरक्षा सुदृढ पार्न सरकारले हजारौँ सैनिक तैनाथ गरेको छ ।

रक्षा सचिव रिकार्डो ट्रेभिल्लाले हिजो पश्चिमी मेक्सिकोमा थप २ हजार ५ सय सैनिक पठाइएको बताउनुभएको बीबीसीले जनाएको छ । योसँगै आइतवारदेखि समग्रमा झन्डै ९ हजार ५ सय सैनिक तैनाथ भएका छन् ।

‘एल मेन्चो’ भनेर चिनिने नेमेसियो ओसेगुएरा सर्भान्टेसको आइतवार जालिस्को राज्यमा मेक्सिकन विशेष बलले पक्राउ गरेको केही समयपछि हिरासतमा ज्यान गएपछि कम्तीमा २० वटा राज्यमा अशान्ति फैलिएको खबरमा उल्लेख छ ।

‘जलिस्को न्यू जेनेरेशन कार्टेल’ (सीजेएनजी) मेक्सिकोको सबैभन्दा डरलाग्दो आपराधिक सङ्गठनहरूमध्ये एक हो र यसका नेता देशको ‘मोस्ट वान्टेड’ अर्थात् सर्वाधिक खोजिएका व्यक्ति थिए ।

हिंसा शुरू भएदेखि नै जालिस्को राज्यमा मेक्सिकोको राष्ट्रिय गार्डका कम्तीमा २५ सदस्यको ज्यान गएको सुरक्षामन्त्री ओमर गार्सिया हार्फुचले जानकारी दिनुभएको छ ।

‘एल मेन्चो’ लाई पक्राउ गर्न आइतवार हलिस्को राज्यको तापाल्पा क्षेत्रमा मेक्सिकन सेनाले अपरेशन चलाएको थियो । सेना र कार्टेल सदस्यबीच मुठभेड हुँदा ‘एल मेन्चो’ गम्भीर घाइते भएका थिए । अपरेशनमा एल मेन्चो र उनको समूहका थप चार सदस्यीय मारिएका रक्षा मन्त्रालयले जनाएको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोबाट लगातार लागूऔषध अमेरिकामा तस्करी भइरहेको र त्यसलाई रोक्न चेतावनी दिँदै आउनुभएको थियो । अमेरिकाले ‘एल मेन्चो’ बारे सूचना दिनेलाई १ करोड ५० लाख डलरको इनाम दिने घोषणा पनि गरेको थियो ।

prabhu mahalaxmi
kumari