citizens life insurance long ad
stcnepal long ad

याङ्गो राइडले नयाँ ड्राइभरहरूलाई विशेष पुरस्कार सहित मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्यो

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । याङ्गो राइड नेपालले आफ्नो नियमित मासिक ड्राइभर सम्मान कार्यक्रम आयोजना गर्दै पछिल्ला २–३ महिनामा प्लेटफर्ममा उत्कृष्ट प्रदर्शन गरेका ड्राइभरहरूलाई विशेष रूपमा सम्मान गरेको छ ।

यस कार्यक्रममार्फत् छोटो समयमा नै याङ्गो राइडका सेवा मापदण्डहरू अपनाई यात्रुहरूलाई सुरक्षित, भरपर्दो र गुणस्तरीय सेवा प्रदान गर्ने ड्राइभरहरूको योगदानको कदर गरिएको हो।

कार्यक्रममा उत्कृष्ट प्रदर्शन गर्ने नयाँ पार्टनर ड्राइभरहरूलाई प्रोत्साहनस्वरूप विभिन्न पुरस्कार प्रदान गरिएको थियो। साथै, सहभागी सबै ड्राइभरहरूलाई याङ्गो राइडमा दिएको योगदानको सम्मानस्वरूप प्रशंसा प्रमाणपत्र प्रदान गरियो।

जाडो मौसमलाई ध्यानमा राख्दै ड्राइभरहरूको दैनिक कामलाई सहज बनाउन याङ्गो राइडले जाडो विशेष ब्याग पनि वितरण गरेको थियो। उक्त ब्यागमा याङ्गो ब्रान्डेड ज्याकेटे पञ्जा, कार फ्रेशनर, प्रिमियम क्लिनिङ कपडा तथा की–रिङ समावेश गरिएको थियो, जसले ड्राइभरको सुविधा मात्र नभई यात्रुहरूको कार सवारी अनुभव सुधार गर्न सहयोग पुर्याउने उद्देश्य राख्दछ ।

यो कार्यक्रम याङ्गो राइडको नेपालमा सञ्चालन हुँदै आएको नियमित मासिक पहल अन्तर्गत आयोजना गरिएको हो। यस पहलको उद्देश्य ड्राइभरहरूसँग प्रत्यक्ष संवाद कायम राख्नु, उनीहरूको प्रतिक्रिया सुन्नु, उत्कृष्ट सेवाको पहिचान र प्रोत्साहन गर्नु तथा ड्राइभर समुदायबीच विश्वास र दीर्घकालीन सम्बन्ध निर्माण गर्नु हो। विशेषगरी नयाँ ड्राइभरहरूमा केन्द्रित यस संस्करणले प्रारम्भिक चरणमै सही समर्थन र प्रेरणाले ड्राइभरहरूको दीर्घकालीन सफलतामा महत्वपूर्ण भूमिका खेल्ने याङ्गो राइडको विश्वासलाई प्रतिबिम्बित गर्दछ।

याङ्गो राइड नेपालले आगामी दिनहरूमा पनि ड्राइभरहरूको आवश्यकतालाई ध्यानमा राख्दै यस्ता मासिक ड्राइभर सम्मान कार्यक्रमहरू निरन्तर रूपमा आयोजना गर्दै जाने जनाएको छ ।

IME Life
kumari