stcnepal long ad
nabil bank
macchha(MBL)

हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित 

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले चालू आवको ६ महीनामा २० करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

यद्यपि कम्पनीले गत आर्थिक वर्षको ६ महिनासम्म कमाएको खुद नाफा ३७ करोड ६२ लाख रुपैयाँको तुलनामा यस वर्ष ४५ प्रतिशतले खुद नाफा घट्न पुगेको हो। नाफा घटे तापनि कम्पनीको व्यवसायमा भने वृद्धि भएको वित्तीय विवरणले देखाएको छ।

गत आर्थिक वर्षको पुस मसान्तसम्म ८ अर्ब ६ करोड ९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले त्यसको तुलनामा चालू आर्थिक वर्षको पुस मसान्तसम्म ४.३० प्रतिशतको वृद्धि सहित ८ अर्ब ४० करोड ७७ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गर्न सफल भएको छ।

समीक्षा अवधिमा कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त हुने आम्दानी १०.७६ प्रतिशतले घटेको छ भने कुल आम्दानी ५.४० प्रतिशतले घट्न पुगेको छ। आम्दानी घटेपछि कम्पनीले कुल खर्चमा पनि झण्डै २ प्रतिशतको कटौती गरेको छ।

यद्यपि अभिकर्तालाई कमिशन बापत दिइने रकम भने समीक्षा अवधिमा ६५ करोड ८९ लाख रुपैयाँबाट ४.३७ प्रतिशतले वृद्धि गरी ६८ करोड ७७ लाख रुपैयाँ पुर्‍याएको छ।

कम्पनीको जीवन बीमाकोषको आकार ७० अर्ब ४० करोड २१ लाख रुपैयाँबाट १७.७५ प्रतिशतले बढेर ८२ अर्ब ८९ करोड ९७ लाख रुपैयाँ पुगेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रतिशेयर आम्दानी ९.३८ रुपैयाँबाट घटेर ४.५२ रुपैयाँमा झरेको छ भने सोल्भेन्सी मार्जिन अनुपात ३.७४ प्रतिशतबाट १.३२ प्रतिशतमा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०६.९१ रुपैयाँ र मूल्य आम्दानी अनुपात ८०.६० गुणा रहेको छ।

चुक्ता पूँजी ९ अर्ब १४ करोड रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा ४६ करोड ११ लाख रुपैयाँ र जगेडा कोषमा ९४ करोड ७६ लाख रुपैयाँ सञ्चित रहेको छ। ८१ अर्ब ८५ करोड ३० लाख रुपैयाँ लगानी गरेको यस कम्पनीको कुल सम्पत्तिको मूल्य ९७ अर्ब ३२ करोड रुपैयाँभन्दा माथि रहेको छ।

prabhu mahalaxmi
kumari