नेपाल लाइफ इन्स्योरेन्सको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक

prabhu mahalaxmi
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ ।

विवरण अनुसार कम्पनी पछिल्लो ६ महिनामा ३३ करोड ९६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । कम्पनीले गत आर्थिक वर्षको सोहि अवधिमा आर्जन गरेको ४६ करोड ८१ लाखको तुलनामा चालू आर्थिक वर्षमा २७.४५ प्रतिशतले खुद नाफा घटेको हो ।

समीक्षा अवधिमा कम्पनीको बीमाकोषको आकार पनि २ खर्ब १७ अर्ब १४ करोड ५६ लाख रुपैयाँबाट १७.४८ प्रतिशतले बढेर २ खर्ब ५५ अर्ब ९ करोड ६६ लाख रुपैयाँ पुगेको छ।

त्यसैगरी कम्पनीको खुद बीमाशुल्क आर्जन २२ अर्ब १२ करोड ९३ लाख रुपैयाँबाट १५.३७ प्रतिशतले बढेर २५ अर्ब ५३ करोड ६ लाख रुपैयाँ पुगेको छ।

यता कुल आम्दानी ३३ अर्ब ३९ करोड ८५ लाख रुपैयाँबाट बढेर ३५ अर्ब ७६ करोड ६३ लाख रुपैयाँ पुग्दा कम्पनीको कुल खर्च पनि ३१ अर्ब २ करोड ५९ लाख रुपैयाँबाट बढेर ३३ अर्ब ८२ करोड ५२ लाख रुपैयाँ नाघेको छ।

कम्पनीले गत वर्षको दोेस्रो त्रैमाससम्ममको अवधिमा अभिकर्तालाई अर्ब ८७ करोड ९१ लाख रुपैयाँ कमिशन दिएकोमा यस वर्ष सोहि अवधिमा १४.६७ प्रतिशतले बढाएर १अर्ब ६३ करोड ८७ लाख रुपैयाँ अभिकर्ता कमिशन दिएको छ।

कम्पनीको प्रतिशेयर आम्दानी ११.४१ रुपैयाँबाट घटेर ७.११ रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ १२४.८६ रुपैयाँ रहेका छ।

चुक्ता पूँजी ९ अर्ब ४८ करोड २ लाख रुपैयाँ रहेको कम्पनीको महाविपत्ति कोषमा १ अर्ब ५३ करोड रुपैयाँ र जगेडा कोषमा ६७ करोड ७६ लाख रुपैयाँ सञ्चिति रहेको छ।

IME Lifesidebar
kumari