citizens life insurance long ad
stcnepal long ad

सन नेपाल लाइफ इन्स्योरेन्सको आठौँ र नवौँ वार्षिक साधारण सभा आज पुस २५ गते

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो आठौँ र नवौँ वार्षिक साधारणसभा आज पुस २५ गते गर्दैछ । कम्पनी सञ्चालक समितिको बिहीबार बसेको बैठकले दुई आर्थिक वर्षको साधारणसभा एकैपटक गर्ने निर्णय गरेको हो। साधारण सभा काठमाडौंको कालिकास्थानस्थित अमृतभोग केटरर्समा बिहान साढे १० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष२०८१/८२ का लागि प्रस्तावित हाल कायम चुक्तापुँजीको कुल २०।२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ५ प्रतिशत बोनस शेयर र १५.२६३२ प्रतिशत नगद लाभांश (करसहित) छन्।

साधारण सभाले कम्पनीको अधिकृत पुँजी गर्ने प्रस्ताव पनि पारित गर्नेछ। प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्दा नियमनकारी निकायबाट प्राप्त निर्देशन र सुझावअनुसार गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान विशेष प्रस्ताव साधारण सभाले अनुमोदन गर्नेछ।

साधारण सभाले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। साधारण सभाले चालु आर्थिक वर्ष २०८२।८३ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारण सम्बन्धी प्रस्ताव अनुमोदन गर्नेछ।

लाभांश र साधारण सभा प्रयोजनार्थ कम्पनीले पुस १४ गते बुक क्लोज गरेको थियो । यसको अर्थ पुस १३ गतेसम्म कायम शेयरधनीहरुमात्रै यो कम्पनीको लाभांश पाउन र साधारण सभा भाग लिन योग्य हुनेछन्।

IME Life
kumari