आज पुस २५ गतेबाट पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । पाल्पा सिमेन्ट इन्डस्ट्रिजले आज पुस २५ गतेबाट आइपीओ निष्काशन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आइपीओ बिक्री गर्न लागेको हो।

नेपाल धितोपत्र बोर्डले पाल्पा सिमेन्टलाई ७५ करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ७५ लाख कित्ता आइपीओ ल्याउन अनुमति दिएको थियो।

कम्पनीले उद्योग प्रभावित क्षेत्र पश्चिम नवलपरासी (साविकको नवलपरासी जिल्ला) र खानी रहेको क्षेत्र पाल्पा जिल्लाका स्थानीयलाई जारी पुँजीको ५ प्रतिशतले हुन आउने १८ लाख ७५ हजार कित्ता र सर्वसाधारणलाई छुट्याइएको ५६ लाख २५ कित्ताको १० प्रतिशतले हुन आउने ५ लाख ६२ हजार ५०० कित्ता वैदेशिक रोजगारमा रहेका नेपालीका लागि जारी गर्नेछ।

यो आइपीओमा दुवै समूहले न्यूनतम १० कित्ता र अधिकतममा १ लाख कित्ताका लागि आवेदन दिन पाउनेछन्।

स्थानीयले नबिल बैंकका तानसेन, बर्दघाट, बुलिबटार तथा गैँडाकोट शाखा र प्रभु बैंकका पाल्पा, बर्दघाट, परासी तथा बेलतारी शाखा र सिद्धार्थ बैंकका पाल्पा, बर्दघाट र परासी शाखाबाट आवेदन दिन सक्नेछन्। वैदेशिक रोजगारीमा रहेका नेपालीले आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तिनले तोकिएका शाखासँगै सीडीएससीको मेरो शेयरबाट आवेदन दिन सक्नेछन्।

स्थानीयका लागि यो आइपीओको निष्कासन बन्द छिटोमा माघ ९ गते र ढिलोमा माघ २५ गते हनेछ भने वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने आइपीओ निष्कासन बन्द छिटोमा पुस ३० गते र ढिलोमा माघ ९ गते हुनेछ। पाल्पा सिमेन्टको आइपीओ बिक्री प्रबन्धकमा नबिल इन्भेस्टमेन्ट बैंकिङ रहेको छ।

IME Lifesidebar
kumari