stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

नबिल बैँकले चीनमा त्रिशूली जलविद्युत सम्बन्धी मुद्दा जित्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ। नबिल बैँक लिमिटेडले त्रिशूली जलविद्युत् कम्पनी लिमिटेड आयोजनाको काउन्टर ग्यारेन्टी सम्बन्धी मुद्दामा चिनियाँ अदालतमा सफलता हात पारेको छ ।

चीनको चोङछिङ हाइयर पिपुल्स अदालतले नबिल बैँकको पक्षमा फैसला गरेसँगै चार वटा बैँक ग्यारेन्टी बापत ७४ लाख ४९ हजार ३८६.३२ अमेरिकी डलर बराबरको रकम प्राप्त गरेको नबिल बैँकले जनाएको छ ।

चिनियाँ निर्माण कम्पनी सुइफा एएनएचई ग्रुपसँग त्रिशूली थ्रिबी आयोजनाले ठेक्का तोडेपछि चिनियाँ बैँक चाइना एभरब्राइट बैँक, छेन्दु शाखाले काउन्टर ग्यारेन्टी बापतको रकम भुक्तानी गर्न अस्वीकार गरेको थियो ।

नबिलले बैँक ग्यारेन्टी भुक्तानीका लागि सन् २०२३ डिसेम्बर १ मा आह्वानपत्र प्राप्त गरेको थियो । त्यसपछि बैँकले चाइना एभरब्राइट बैँकलाई स्विफ्ट सन्देशमार्फत जानकारी गराएको थियो । तर सन् २०२३ डिसेम्बर १० मा उक्त बैँकले छेन्दु फाइनान्सियल अदालतबाट जारी भएको निषेधाज्ञा आदेशका कारण काउन्टर ग्यारेन्टीअन्तर्गतको रकम भुक्तानी गर्न असमर्थ रहेको जानकारी गराएको थियो ।

नबिल बैँकले भने दायित्वअनुसार त्रिशूली जलविद्युत् कम्पनीलाई बैँक ग्यारेन्टीबापतको रकम भुक्तानी गरिसकेको थियो । त्यहाँको अदालतले सन् २०२४ जनवरी १७ मा नबिल बैँकको पक्षमा फैसला सुनाएको थियो ।

उक्त फैसलाविरुद्ध सुइफा आन्हे ग्रुप कम्पनीले चोइछिङ हाइयर पिपुल्स कोर्टमा पुनरावदेन दायर गरेको थियो । उक्त मुद्दामा सन् २०२५ सेप्टेम्बर २३ मा अदालतले नबिल बैँकको पक्षमा फैसला गरेको थियो ।

त्रिशूली जलविद्युत् कम्पनीले आयोजनाको निर्माण तीन वर्षमा सक्नेगरी सुइफा आन्हे ग्रुप कम्पनीसँग २०७४ साल फागुन ३० गते ठेक्का सम्झौता गरेको थियो ।

तर निर्धारित समयमा निर्माण कम्पनीले काम नगरेपछि त्रिशूली जलविद्युत् कम्पनीले २०८० साल मङ्सिर ३० गते ठेक्का सम्झौता रद्द गर्दै बैँक ग्यारेन्टी जफत गरेको थियो ।

prabhu mahalaxmi
kumari