stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिटिजन लाइफ इन्स्योरेन्सद्वारा शेयरधनीलाई बैंक खाता र प्यान अद्यावधिक गर्न अनुरोध

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो शेयरधनीहरुलाई बैंक खाता तथा प्यान नम्बर (स्थायी लेखा नम्बर) अद्यावधिक गर्न आग्रह गरेको छ।

कम्पनीले वार्षिक साधारण सभाबाट पारित हुने नगद लाभांश यथासमयमा सरल र सुरक्षित रुपमा शेयरधनीको बैंक खातामा वितरण गर्न तथा लाभांश वितरणमा लाग्ने कर स्थायी लेखा नम्बरमा दर्ज गर्न नियामक निकायको निर्देशन अनुसार सबै शेयरधनीले आफ्नो बैंक खाता विवरण र प्यान नम्बर अद्यावधिक गराउनुपर्ने जनाएको छ।

हालसम्म बैंक खाता विवरण तथा प्यान नम्बर अद्यावधिक नगरेका शेयरधनीहरुले सम्बन्धित हितग्राही खाता रहेको डिपोजिटरी पार्टिसिपिन्ट मार्फत आवश्यक विवरण अद्यावधिक गर्न कम्पनीले अनुरोध गरेको छ।

prabhu mahalaxmi
kumari