stcnepal long ad
global ime bank long

लामिछाने थापा क्षेत्रीको भेला सराङकोटमा सम्पन्न

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

पोखरा । लामिछाने थापा क्षेत्री गर्ग गोत्रीयको पश्चिम क्षेत्रीय भेला पोखरा सराङकोटमा सम्पन्न भएको छ। नेपालको कुल जनसङ्ख्यामा क्षेत्री जातिको सबैभन्दा धेरै रहेको र सोमा पनि थापा क्षेत्रीको बढी रहेको छ।

पोखरा सराङकोटलाई लामिछाने स्थलको रूपमा लिइन्छ। २०० वर्ष अगाडि पहिलेबाट नेपालभर थापाहरू फैलिएको पश्चिम क्षेत्र अध्यक्ष बेलबहादुर थापाले बताए।

सो भेलाको शुभारम्भ गर्दै लामिछाने थापा क्षेत्री समाजका केन्द्रीय अध्यक्ष श्यामबहादुर थापाले सद्भाव सहित उद्गम स्थलमा कार्यक्रम हुँदा थापा क्षेत्रीको एकता मजबुत रहेको र अग्रज पूर्व प्रधानमन्त्री सूर्यबहादुर थापा, लोक कवि धर्मराज थापा यसै क्षेत्रबाट हुनुभएका अग्रजको सम्झनामा सम्मान सहित अन्य विशिष्ट थापाहरूको खोजी संकलन गरिँदै आएको बताए ।

पूर्वमन्त्री यज्ञबहादुर थापाले परिवारको रुपमा समाज अगाडि बढ्नुपर्ने बताए। क्षेत्री समाज नेपालका केन्द्रीय महासचिव कृष्ण बहादुर थापाले क्षेत्री भएकै कारण अध्ययन र रोजगारमा आरक्षणको नाममा अवसर नपाउनु दुखद भएको र सबै जातिले परीक्षामा पास भएपछि समान अवसर पाउनुपर्ने अभियानमा समाज लागेको बताए ।

समाज हाल ३५ जिल्लामा रहेको वंशवाली, समाज घर निर्माण ,अक्षकोष वृद्धि , प्रकाशनमा समाज लागेको समाजका महासचिव यामबहादुर थापाले बताए ।

सोही कार्यक्रममा कवियात्री लक्ष्मी थापाद्वारा लिखित कविता संग्रहको विमोचन सहित पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापालाई सम्मान गरिएको थियो।

क्षेत्र र शिक्षागत रुपमा प्रतिवेदन राखिएको कार्यक्रममा कुल मन्दिर मूल व्यवस्थापन समिति अध्यक्ष मिनबहादुर थापा, सल्लाहकार डाक्टर प्रेमबहादुर थापा , क्याप्टेन कृष्णबहादुर थापा , क्याप्टेन शमरबहादुर थापा ,उपाध्यक्ष मोहन बहादुर थापा , ज्योति कुमार थापा ,कोषाध्यक्ष वीरबहादुर थापा ,सचिव यामबहादुर थापा लगायतले समाजले सामाजिक रचनात्मक कार्यमा सक्रिय रहनुपर्ने धारणा राखेका थिए ।

IME Lifesidebar
kumari