stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

सिद्धार्थ बैंक र सिटिजन्स बैंकको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सिद्धार्थ बैंक र सिटिजन्स बैंक इन्टरनेशनलको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो। साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी दुई बैंकले कात्तिक १७ गते, एक दिनका लागि बुकक्लोज गर्ने भएको छ।

यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले यी बैंकहरुको साधारण सभामा सहभागिता जनाउन तथा यी बैंकहरुले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।

सिद्धार्थ बैंकले कात्तिक ३० गते, आइतबार, आर्मी अफिसर्स क्लब, भद्रकाली, काठमाडौँमा चौबीसौँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान १० बजे शुरु हुनेछ।

साधारण सभाले हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ५.५३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।

साथै, साधारण सभाले प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक नियुक्ति र सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा भएको अधिक खर्च अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ।

त्यस्तै, सिटिजन्स बैंकले भने हाल कायम चुक्ता पूँजीको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्दैछ।

prabhu mahalaxmi
kumari