stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

कारोबारमा आधारित भन्सार प्रणाली वीरगञ्जमा पनि लागु

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । सरकारले वीरगञ्ज भन्सार कार्यालयमा पनि कारोबारमा आधारित (मूल्यांकन डेटाबेस) भन्सार प्रणाली लागु गरेको छ। अर्थमन्त्री रामेश्वर खनालले शनिबार साँझ यो प्रणालीको उदघाटन गरेका हुन्।

अर्थमन्त्री खनालले यो प्रणालीले वैध व्यापार प्रोत्साहन गर्ने र अनौपचारिक कारोबारमा कमी आउने बताए। यसअघि भन्सारले राख्ने सन्दर्भ मूल्यसूचीको आधारका भन्सार जाँच हुने गरेको थियो। व्यवसायीहरूले भने यथार्थ कारोबारमा आधारित प्रणाली लागू गर्न माग गर्दै आएका थिए।

चालु आर्थिक वर्षको बजेटमा घोषणा गरिए अनुसार गत असोज ८ गते विराटनगरबाट यो प्रणाली परीक्षण गरिएको थियो। यो नयाँ प्रणालीले हरेक ६ महिनामा फेरिने सन्दर्भ पुस्तिकाका कारण व्यवसायीले गर्ने गुनासो सम्बोधन गर्ने अपेक्षा सरकारको छ।

यो विधिमा भन्सार जाँचपास भएका सबै वस्तुको मूल्य विवरण जम्मा गरिन्छ। यो प्रणाली भन्सारमा आएका वस्तुहरूको विश्लेषण र तुलना गर्न मिल्ने एउटा डिजिटल स्रोत हो जसले वास्तविक कारोबार मूल्य पत्ता लगाउन मद्दत गर्छ।

यो अनलाइन डेटाबेस प्रणालीलाई विश्व व्यापार संगठनले पनि मान्यता दिएकाले यो वैज्ञानिक भएको बताइएको छ।

prabhu mahalaxmi
kumari