stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

विश्वकप लिग टू: अमेरिकासँग आज नेपालले खेल्दै

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । आइसिसी विश्वकप लिग टू मा आज नेपालले अमेरिकासँग खेल्दै छ। युएईको दुबई अन्तर्राष्ट्रिय क्रिकेट रंशगालामा हुने खेल बिहान सवा ११ बजे सुरु हुनेछ।

नेपाल यस सिरिजमा अमेरिकाविरुद्ध यसअघि भोगेको हारको बदला लिने र अंक तालिकामा आफ्नो स्थिति सुधार्ने लक्ष्यका साथ मैदानमा उत्रँदै छ ।

रोहित पौडेलको कप्तानीमा रहेको नेपालले गत साता विश्वकपमा छनोट भएर नेपाली समर्थकहरूमा उत्साह भरेको थियो, अब लिग २ मा उत्कृष्ट पुनरागमन गर्दै अघि बढेर अर्को सफलता हासिल गर्ने लक्ष्यमा छ ।

नेपाल र अमेरिकाबीच ओडीआई क्रिकेटमा कुल ९ खेलहरू भएका छन्, जसमा दुवै टोलीले समान ४–४ खेलमा विजय हासिल गरेका छन् ।

एउटा खेल वर्षाका कारण नतिजाविहीन भएको थियो । हालका भिडन्तहरू हेर्दा अमेरिकाले २०२४ मा आफ्नै मैदानमा भएको दुई खेलहरूमा नेपाललाई क्रमशः ३७ रन र ३ विकेटले हराएको थियो। यो सिरिजमा नेपालले आफ्नो लय देखाउँदै उत्कृष्ट प्रदर्शन गर्न सक्ने अपेक्षा गरिएको छ ।

आइसिसी विश्वकप लिग २ को हालको अंक तालिकामा अमेरिका दोस्रो स्थानमा छ, जसले २० खेलमा १४ जित, ६ हार र २८ अंक जोडेको छ ।

यता नेपाल भने सातौँ स्थानमा छ । १६ खेलमा ५ जित, ९ हार र २ नतिजाविहीन खेलबाट १२ अंक मात्रै जोडेको छ । यही सिरिजमा रहेको घरेलु टोली युएई भने समान खेलमा ६ अंकसहित पुछारमा छ ।

८ टोली सहभागी यो प्रतियोगितामा शीर्ष तीन टोली मात्रै सन् २०२७ को आइसिसी विश्वकपमा छनोट हुनेछन् । यता अमेरिका भने उत्कृष्ट फर्ममा छ ।

२० खेलमा १४ जितले उनीहरूको आक्रामक शैली झल्काउँछ । तर दुबईको मैदानमा नेपालले आफ्नो स्पिन आक्रमणको फाइदा लिन सक्ने सम्भावना पनि उत्तिकै रहेको छ ।

टी२० विश्वकप छनोटमा खेलेका अधिकांश खेलाडी नै नेपालको ओडिआई टोलीमा छन् र लिग २ को यो सिरिज खेल्दै छन् ।

विश्वकप छनोटमा खेलेको टोलीबाट मोहम्मद आदिल आलम, सन्दीप जोरा र लोकेश बम बाहिरिँदा अनिल साह, भीम सार्की र शाहब आलम टोलीमा भित्रिएका छन् ।

prabhu mahalaxmi
kumari