stcnepal long ad
national life

नारायणी डेभलपमेन्ट बैंकको हकप्रद शेयर भर्ने आज अन्तिम दिन

kumari bank
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले असोज २ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयर भर्ने आज कात्तिक ९ गते अन्तिम दिन रहेको छ।

बैंकले भदौ ८ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ कित्ता बराबर १ कित्ताको अनुपातमा कुल २६ लाख २४ हजार ६७६ कित्ता हकप्रद शेयर निष्कासन गरिरहेको छ।

बैंकले यसअघि असोज २२ गतेलाई आवेदन दिने अन्तिम मिति तोकेकोमा समयावधि थप गरी कात्तिक ९ गतेसम्म कायम गरेको हो तसर्थ आज बैंकिङ्ग समयसम्म मात्रै यो हकप्रद शेयरमा आवेदन दिन सकिनेछ। बैंकको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटल लिमिटेडले गर्नेछ।

gold
kumari bank
kumari
nawakantipur long