citizens life insurance long ad
stcnepal long ad

बाढीले बगाएर भारत पुर्‍याएको गैँडाको तीन वर्षपछि उद्धार

Nimb long ad
Prabhu Insurance Long Ad

चितवन । तीन वर्षअघि बाढीले बगाएर भारत पुर्‍याएको एउटा गैँडाको उद्धार गरिएको छ । नवलपरासीको बर्दघाट सुस्ता पश्चिम नर्सहीमा आएको अवस्थामा सो गैँडालाई उद्धार गरिएको हो ।

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत नारायण रुपाखेतीका अनुसार मङ्गलबार दिउँसो तीन बजे डार्ट गरी मध्यरातमा निकुञ्ज ल्याएर छाडिएको हो । रुपाखेतीका अनुसार राति १ बजेतिर निकुञ्जको कसरा नजिकै थपलिया तालको छेउमा गैंडालाई छाडिएको हो ।

अन्दाजी १२ वर्षको पोथी गैँडालाई तीनवटा हात्ती, २५ प्राविधिक कर्मचारीको सहयोगमा उद्धार गरी ल्याइएको रुपाखेतीले जानकारी दिनुभयो ।

विसं २०७४ साउन २७ गते आएको बाढीले राप्ती वा नारायणी नदीले बगाएर सो गैँडालाई भारतको बाल्मिकी टाइगर रिजर्भ पु९याएको थियो ।

सो गैँडा चर्न बेलाबेलामा नेपालतर्फ आउने गरेको थियो । गत पुसमा पनि नेपालतर्फ देखिएपछि उद्धार गर्ने प्रयास गरिएको भए पनि असफल भएको रुपाखेतीले बताउनुभयो ।

यही साउन १५ गतेदेखि गैँडा नर्सही क्षेत्रमा रहेको सूचना प्राप्त भएपछि निकुञ्ज कर्मचारी, नेपाली सेना, राष्ट्रिय प्रकृति संरक्षण कोषका कर्मचारी, डिभिजन वन कार्यालय नवलपुरका कर्मचारी एवं प्राविधिकको सहयोगमा गैँडाको उद्धार गर्न सकिएको प्रमुख संरक्षण अधिकृत रुपाखेतीले बताए । नारायणी नदी बढेपछि भारततर्फ जान नसकेर अड्किएको गैँडालाई उद्धार गरिएको हो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत प्रकाश उप्रेतीका अनुसार बाढीपछि उद्धार गरिएको यो ११औँ गैँडा हो । बाढीपछि भारततर्फको भूमिबाट नौवटा र नेपालतर्फको भूमिबाट योसहित दुई गैँडा उद्धार गरिएको उप्रेतीले जानकारी दिनुभयो ।

बाढीले बगाएर भारत पुर्‍याएका अरु केही गैँडा भारतमा रहेको र नेपाल ल्याउन आवश्यक वातावरण मिलाइदिन भारतलाई पत्राचार गरिएको भए पनि भारतले कुनै प्रतिक्रिया दिएको छैन । त्यस वर्ष बाढीका कारण दुर्लभ एकसिङ्गे गैँडा सहितका जनावरहरु बगेका थिए । रासस

IME Life
kumari