citizens life insurance long ad
stcnepal long ad

नेपाल उद्योग वाणिज्य महासंघले ५४ साधारणसभाको मिति तय गर्न आज २ बजे महासंघको बैठक बस्दै

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । ५४ साधारणसभाको मिति तय गर्न नेपाल उद्योग वाणिज्य महासंघले आज नेपाल उद्योग वाणिज्य महासंघले कार्य समिति बैठक बोलाएको छ । महासंघले आज साधारणसभाको नयाँ मिति तय गर्न कार्य समिति बैठक बोलाएको हो । महासंघ भित्रैका पदाधिकारी चर्को दबाबपछि महासंघ अध्यक्ष भवानी राणाले नयाँ मिति तय गर्ने गरी कार्य समिति बैठक बोलाइएको हो ।

‘महासंघको ५४ औं वार्षिक साधारण सभा कसरी र कहिले गर्ने भन्ने सम्बन्धमा नयाँ नीति बनाउन कार्यसमिति बैठक बोलाइएको महासंघले जानकारी दिएको छ ।

राणाका अनुसार आज बुधबार दिउँसो २,०० बजे कार्य समिति बैठक बस्ने समय तोकिएको छ । साधारणसभा हुनेपर्ने समयले कटेको चार महिनासम्म पनि नयाँ कार्यसमिति चयन हुन नपाएपछि साधारणसभाको नयाँ नीतिगत व्यवस्था गर्न बैठक बोलाइएको महासंघ उच्च पदाधिकारीले बताए ।

IME Life
kumari