stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

प्रभु इन्स्योरेन्सको साधारणसभा सम्पन्न

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

 

काठमाडौं । प्रभु इन्स्योरेन्स कम्पनीको २४ औं वार्षिक साधारणसभा आज शुक्रबार सम्पन्न भएको छ । प्रभु इन्स्योरेन्सको केन्द्रीय कार्यालयमा सम्पन्न बार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट १६.३२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित भएको छ ।
साधारण सभामा आर्थिक वर्ष २०७५/०७६ को मुनाफाबाट ५ प्रतिशत बोनस शेयर तथा ११.३२ प्रतिशत नगद लाभांश दिने गरी कूल १६.३२ प्रतिशत लाभांश पाउने छन् । बोनस सेयर वितरण पश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ५ करोड ६२ लाख ७५ हजार रुपैयाँ पुगेको इन्स्योरेन्सले जनाएको छ । उक्त लाभांश अब छिट्टै शेयरधनीलाई वितरण गरिने प्रभु इन्स्योरेन्स कम्पनीले जनाएको छ ।

साधारण सभामा कम्पनीको सञ्चालक समितिका अध्यक्ष कुसुम लामाले बीमा क्षेत्रमा रहेको तीव्र प्रतिस्पर्धाका बीच कम्पनीले पुँजी वृद्धि, खर्च र व्यवसाय विस्तारलाई समुचित व्यवस्थापन गरी दिगो तथा सुरक्षित र दीर्घकालीन लक्ष्य प्राप्तिका लागि अगाडि बढिरहेको बताउँदै कम्पनीले आधुनिक बीमा सेवाका सबै प्रविधिहरु प्रयोग गरी प्रविधिमा आधारित बीमा सेवा स्थापित गर्ने उद्देश्यका साथ अगाडि बढिरहेको जोखिम व्यवस्थापन, कर्मचारी व्यवस्थापन, तथा आन्तरिक नियन्त्रण प्रणालीलाई सबल बनाउन इन्स्योरेन्सले जोड दिएको अध्यक्ष  लामा बताए ।

 

 

prabhu mahalaxmi
kumari