महालक्ष्मी लाइफ इन्स्योरेन्सको नाफा १४२ प्रतिशतले बृद्धी

काठमाडौं । कान्छो बीमा कम्पनीका रुपमा सेवा आरम्भ गरेको महालक्ष्मी लाइफले ३ महिनामै १४२ प्रतिशतले नाफा बढाएको छ । असोज मसान्त अवधीमा २ करोड १४ लाख नाफा कमाएको कम्पनीले पुस मसान्तमा ३ करोड ४ लाख अर्थात १४२ प्रतिशतले बृद्धी गरेको छ ।
कम्पनीले पुस मसान्त अवधीसम्ममा ५३ करोड ५५ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । कम्पनीले ६ महिनामै २८ करोड ७२ लाख बीमा शुल्क आर्जन गरेको देखिन्छ ।
कम्पनीले ६ हजार ७ सय ६९ वटा बीमालेख जारी गरिसकेको छ । एक अर्ब ४० करोड चुक्ता पुँजी रहेको कम्पनीको जगेडा कोषमा ५ करोड ५६ लाख रुपैयाँ रहेको छ । जीवन बीमा कोषको आकार ४२ करोड ३४ लाख पुगेको छ भने महाविपत्ति कोषमा ६४ लाख रुपैयाँ रहेको छ ।
दावी भुक्तानीको संख्या भने अझै शुन्य नै रहेको छ । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आफुलाई चाँडै एक नम्बरको बीमा कम्पनी बनाउने प्रमुख कार्यकारी अधिकृत रमेशकुमार भट्टराईले बताएका छन ।
२४ माघ २०७६, शुक्रवार १४:४० बजे प्रकाशित