stcnepal long ad
ime life insurance
national life
global ime bank long

फोनपेद्वारा साझेदार बैंकसँगको सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्तालाई क्यासब्याक घोषणा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । फोनपेले आफ्ना साझेदार बैंकहरू सिटिजन्स इन्टरनेशनल बैंक, एभरेष्ट बैंक, महालक्ष्मी विकास बैंक, कुमारी बैंक, लक्ष्मी सनराइज बैंक, गरिमा विकास बैंक, र शाइन रेसुङ्गा विकास बैंकसँग सहकार्यमा नयाँ फोनपे क्रेडिट कार्ड प्रयोगकर्ताहरूका लागि विशेष क्यासब्याक अभियान घोषणा गरेको छ ।

यस अन्तर्गत, नयाँ प्रयोगकर्ताले फोनपे क्रेडिट कार्ड प्रयोग गरेर गरिएको कारोबारमा ५० सम्म, अधिकतम  ५०० रुपैयाँ क्यास ब्याक प्राप्त गर्नेछन् ।

यो अभियान भदौ ११, २०८२ देखि सुरु भएको छ । जसको उद्देश्य थप ग्राहकहरूलाई फोनपे क्रेडिट कार्ड मार्फत स्मार्ट र लाभदायक भुक्तानी अनुभव गराउन प्रोत्साहित गर्नु हो ।

गत वर्षको सुरुवातदेखि नै, फोनपे क्रेडिट कार्डले परम्परागत क्रेडिट कार्डका फाइदालाई डिजिटल नवप्रवर्तनसँग जोडेर नेपाली उपभोक्ताको क्रेडिट अनुभवलाई रूपान्तरण गरेको छ ।

केवल एक वर्षभित्रै, यस कार्डको प्रयोगकर्ता संख्या १२ हजार नाघिसकेको छ, जसले उपभोक्ताहरूको विश्वास र अपनत्वलाई स्पष्ट गर्छ ।

साझेदार बैंकहरूको मोबाइल बैंकिङ एपमार्फत सेकेन्डमै जारी हुने यस कार्डले फारम भर्ने झन्झट वा पर्खाइ समयलाई समाप्त गरिदिन्छ, जसले प्रयोगकर्तालाई तुरुन्त कारोबार गर्न सक्षम बनाउँछ ।

कार्ड सक्रिय गरेपछि, ग्राहकहरूले नेपालभरका १७ लाखभन्दा बढी फोनपे व्यापारीहरूमा स्क्यान गरेर भुक्तानी गर्न सक्छन्, जसले यसलाई नेपालको सबैभन्दा धेरै स्वीकार हुने क्रेडिट कार्ड बनाएको छ ।

यस अभियानमार्फत, फोनपेले फेरि एकपटक सबैका लागि भुक्तानीलाई स्मार्ट, सजिलो र सुरक्षित बनाउन आफ्नो प्रतिबद्धता देखाएको छ।

परम्परागत क्रेडिट कार्डका फाइदा र डिजिटल भुक्तानीको गति तथा सजिलोपनलाई जोडेर, फोनपे क्रेडिट कार्डले नेपालको वित्तीय प्रणालीमा नयाँ स्तर स्थापना गरेको छ ।

IME Lifesidebar
kumari