stcnepal long ad
global ime bank long

एनएलजी इन्स्योरेन्सको नाफा बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणमा कम्पनीको अधिकांश वित्तीय सूचकमा चमक देखिएको हो।

अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्म १४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ९.६६ प्रतिशतको वृद्धि सहित १६ करोड ११ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ।

त्यसैगरी अघिल्लो वर्ष ६४ करोड ५ लाख रुपैयाँ मात्रै खुद बीमाशुल्क आर्जन गरेको कम्पनीले गत वर्ष ४६.६२ प्रतिशत वृद्धि गर्दै ९३ करोड ९२ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ।

कम्पनीको बीमा कोषको आकार पनि २ अर्ब ८५ करोड रुपैयाँबाट १८.६४ प्रतिशतले बढेर ३ अर्ब ३८ करोड रुपैयाँ पुगेको वित्तीय विवरणले देखाएको छ।

यता कम्पनीको कुल आम्दानी १ अर्ब २७ करोड रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड रुपैयाँ पुग्दा कुल खर्च पनि १ अर्ब ४ करोड रुपैयाँबाट बढेर १ अर्ब २८ करोड रुपैयाँ पुगेको छ। यद्यपि कम्पनीको प्रतिशेयर आम्दानी भने ९.५५ रुपैयाँबाट घटेर ६.२८ रुपैयाँमा झरेको छ। प्रतिशेयर नेटवर्थ १७७.०६ रुपैयाँ कायम भएको छ।

चुक्ता पूँजी २ अर्ब ५६ करोड रुपैयाँ पुगेको कम्पनीको महाविपत्ति कोषमा ८ करोड ५७ लाख रुपैयाँ, जगेडा कोषमा ५ करोड ७४ रुपैयाँ, शेयर प्रिमियम २७ करोड १९ लाख रुपैयाँ र स्पेशल रिजर्भमा १ अर्ब ३८ करोड रुपैयाँ रहेको छ।

IME Lifesidebar
kumari