हिमालयन बैंकको नाफा २२.१५ प्रतिशतले बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । हिमालयन बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८१/८२ मा २२.१५ प्रतिशत खुद मुनाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब २३ करोड रुपैयाँ खुद नाफा कमाएकोमा गत आर्थिक वर्षको अन्त्यसम्म १ अर्ब ५१ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

यद्यपि बैंकको खुद ब्याज आम्दानी भने १० प्रतिशतले घटेको पाइएकाे छ। बैंकले अघिल्लो आर्थिक वर्ष ११ अर्ब ६१ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा गत आर्थिक वर्षमा १० अर्ब ४५ करोड रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ।

त्यसैगरी अघिल्लो आर्थिक वर्ष बैंकले १३ अर्ब १४ करोड रुपैयाँ कुल सञ्चालन आम्दानी गरेकोमा गत आर्थिक वर्षमा ४.७२ प्रतिशतले घटेर १२ र्अब ५२ करोड रुपैयाँमा झरेको बैंकद्वारा सार्वजनिक गरिएकाे वित्तीय विवरणमा उल्लेख छ।

यसैगरि अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष बैंकको सञ्चालन नाफा भने ८८.४१ प्रतिशतले वृद्धि भएर ५ अर्ब ४३ करोड रुपैयाँ पुगेको छ, जबकी अघिल्लो आर्थिक वर्ष सञ्चालन नाफा २ अर्ब ८८ करोड रुपैयाँ मात्रै थियो। त्यसैगरी बैंकको प्रतिशेयर आम्दानी पनि ५.७२ रुपैयाँबाट बढेर ६.९८ रुपैयाँ पुगेकाे छ।

प्रतिशेयर नेटवर्थ १७५.०७ रुपैयाँ कायम भएको छ भने खराब कर्जा ४.९८ प्रतिशतबाट बढेर ७.२८ प्रतिशत पुगेको छ। चुक्ता पूँजी २१ अर्ब ६५ करोड रुपैयाँ रहेको हिमालयन बैंकको रिजर्भमा २३ अर्ब ३७ करोड रुपैयाँ र जगेडा कोषमा ५ अर्ब १० करोड रुपैयाँ ऋणात्मक रहेको छ।

बैंकले २ खर्ब ३७ अर्ब ५८ करोड रुपैयाँ कर्जा लगानी गरेर ३ खर्ब ८ अर्ब ८५ करोड रुपैयाँ निक्षेप संकलन गरेको जानकारी दिएकाे छ। बैंकको वितरणयोग्य नाफा अघिल्लो आर्थिक वर्ष ७ अर्ब ४४ करोड रुपैयाँ ऋणात्मक रहेकोमा गत आर्थिक वर्षमा घटेर ७ अर्ब १० करोड रुपैयाँ ऋणात्मकमा झरेको छ।

 

 

 

IME Lifesidebar
kumari