stcnepal long ad
ime life insurance
national life
global ime bank long

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको बढ्यो नाफा

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले गत आर्थिक वर्ष २०८१/८२ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीले समीक्षा वर्षमा ७१ करोड ३१ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा कम्पनीले ६८ करोड ८१ लाख रुपैयाँ नाफा आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको तुलनामा समीक्षा वर्षमा कम्पनीको नाफा ३.६३ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीको विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा २२ करोड ४३ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा ९५ करोड ५० लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब २१ करोड ९२ लाख रुपैयाँ रहेको छ ।

अघिल्लो आर्थिक वर्षमा विशेष जगेडामा २ अर्ब ५० करोड रुपैयाँ, महाविपत्ति कोषमा १८ करोड ८२ लाख रुपैयाँ, रिटेन्ड अर्निङमा १ अर्ब १० करोड ४ लाख रुपैयाँ र अन्य इक्विटीमा १ अर्ब १६ करोड ८१ लाख रुपैयाँ रहेको थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा वर्षमा महाविपत्ति कोष, रिटेन्ड अर्निङ र अन्य इक्विटीको आकार बढेको छ।

समीक्षा वर्षमा कम्पनीको बीमा कोषमा ५ अर्ब ७५ करोड २० लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्ष बीमा कोषमा ४ अर्ब ९५ करोड ७९ लाख रुपैयाँ थियो। अघिल्लो वर्षको तुलनामा समीक्षा अवधिमा कम्पनीको बीमा कोषको आकार १६.०२ प्रतिशतले बढेको छ।

गत आर्थिक वर्षमा कम्पनीले ४ अर्ब १६ करोड ९५ लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा कम्पनीले ४ अर्ब १९ करोड २० लाख रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा कम्पनीको कुल बीमाशुल्क आर्जन ०।५४ प्रतिशतले घटेको छ।

कम्पनीले समीक्षा वर्षमा २ अर्ब ५ करोड ७६ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनीले १ अर्ब ८४ करोड ४० लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो। अघिल्लो वर्षको तुलनामा खुद बीमाशुल्क ११।५८ प्रतिशतले बढेको छ।

शेयरपुँजी २ अर्ब ८० करोड ६५ लाख रुपैयाँ रहेको कम्पनीको वार्षिकीकृत प्रतिशेयर आम्दानी (ईपीएस) बढेर २५.४१ रुपैयाँ कायम भएको छ। अघिल्लो वर्ष ईपीएस २४.५२ रुपैयाँ थियो। पीई रेसियो ३३.०७ गुणा रहेको कम्पनीको प्रतिशेयर नेटवर्थ २७४.५६ रुपैयाँ रहेको छ।

prabhu mahalaxmi
kumari