stcnepal long ad
ime life insurance
national life
global ime bank long

नेपाल इन्स्योरेन्सको हकप्रदमा आवेदन दिने म्याद लम्बियो, भदौ २ गतेसम्म आवेदन दिन पाइने

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीको हकप्रद शेयरमा आवेदन दिने म्याद लम्बिएको छ। धितोपत्र बिक्री प्रबन्धक एनआईएमबी एस क्यापिटलका अनुसार अब नेपाल इन्स्योरेन्सको हकप्रद शेयरमा भदौ २ गते बैंकिङ समयसम्म आवेदन दिन पाइनेछ। यसअघि यो हकप्रदमा आज साउन २६ गतेसम्म आवेदन दिने समयसीमा रहेको थियो।

गत साउन ६ गतेदेखि कम्पनीले हाल कायम चुक्तापुँजी १ अर्ब ८९ करोड ८ लाख ७८ हजार २३१ रुपैयाँको १०ः३.४७८३ अनुपातमा ३४.७८ प्रतिशतले हुन आउने हकप्रद जारी गरेको छ।

जसअनुसार कम्पनीले ६५ करोड ७६ लाख ९६ हजार ७७६ रुपैयाँबराबरको १०० रुपैयाँ अंकित दरका कुल ६५ लाख ७६ हजार ९६७.७६ कित्ता हकप्रद शेयर आफ्ना शेयरधनीहरुका लागि बिक्री खुला गरेको छ।

कम्पनीका शेयरधनीहरुले यो हकप्रदमा नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको मेरो शेयर आवेदन दिन सक्नेछन्।

लगानीकर्ताहरुले धितोपत्र बिक्री प्रबन्धक एनआईएमबि एस क्यापिटलका केन्द्रीय कार्यालय र शाखा कार्यालयहरुबाट समेत खरिद आवेदन दिन सक्नेछन्।

हकप्रद शेयर जारी गर्न कम्पनीले जेठ ३० गते बुकक्लोज गरेको थियो। यसको मतलब जेठ २९ गतेसम्म कायम शेयरधनीहरुले यो हकप्रदमा आवेदन दिन पाउनेछन्।

हकप्रद बिक्रीपछि कम्पनीको चुक्तापुँजी २ अर्ब ५४ करोड ८५ लाख ७५ हजार ७ रुपैयाँ पुग्नेछ। नेपाल बीमा प्राधिकरणले निर्जीवन बीमा कम्पनीको न्यूनतम चुक्तापुँजी २ अर्ब ५० करोड रुपैयाँ तोकेको छ। हकप्रद बिक्रीपछि कम्पनीको न्यूनतम चुक्तापुँजी कायम हुनेछ।

prabhu mahalaxmi
kumari