citizens life insurance long ad
stcnepal long ad

पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । पिपुल्स पावरको हकप्रद शेयरमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले गत असार २२ गतेदेखि आफ्ना शेयरधनीहरुका लागि हकप्रद शेयर जारी गरेको थियो।

यो हकप्रदमा साउन ११ गते बैंकिङ समयसम्म आवेदन दिन सकिने व्यवस्था गरिएको थियो। शेयरधनीको मागलाई ध्यानमा राखी आवेदन दिने म्याद थप गरी आज साउन २६ गते बैंकिङसम्म बनाइएको धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलले जनाएको थियो ।

कम्पनीले हाल कायम चुक्तापुँजी ६३ करोड २६ लाख रुपैयाँको १ः०।५ अनुपातमा अर्थात ५० प्रतिशतले हुन आउने ३१ करोड ६३ लाख रुपैयाँबराबरको हकप्रद शेयर बिक्री खुला गरेको छ। जसअनुसार कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयर जारी गरेको छ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट इजाजत प्राप्त सी–आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र सीडीएससीको ‘मेरो शेयर’मार्फत पनि आवेदन दिन सक्नेछन्। लगानीकर्ताले धितोपत्र बिक्री प्रबन्धक प्रभु क्यापिटलका साथै प्रभु बैंकका शाखा इलाम, जावलाखेल, वीरगन्ज, पोखरा, बुटवल, सुर्खेत र धनगढीबाट आवेदन दिन सक्नेछन्।

यो हकप्रद जारी गर्न कम्पनीले असार २ गते बुकक्लोज गरेको थियो। यस अनुसार असार १ गतेसम्म कायम शेयरधनीले यसमा आवेदन दिन सक्नेछन्। हकप्रद शेयर बिक्रीपछि कम्पनीको चुक्तापुँजी ९४ करोड ८९ लाख रुपैयाँ पुग्नेछ।

IME Life
kumari