citizens life insurance long ad
stcnepal long ad

हाई लाइफको प्रिमियम बासमती चामल बजारमा

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । हाई लाइफले नयाँ उत्पादनको रूपमा चामल व्यवसायमा प्रवेश गरेको छ । काठमाडौँमा आयोजित हाई लाइफ पार्टनर मिटमा कम्पनीका अध्यक्ष अम्बिकाप्रसाद पौडेल लगायतका सञ्चालकले हाई लाइफको नयाँ प्रडक्टका रूपमा बासमती चामल सार्वजनिक गर्नुभयो ।

कम्पनीका अनुसार हाई लाइफले एक्स्ट्रा लोङ ग्रेन बासमती चामल, पुलाउ बासमती चामल र ‘जिआई राइस’ बजारमा ल्याएको हो ।

नेपाली उपभोक्ताको स्वाद, पोषण र विश्वासलाई मध्यनजर गर्दै हाइलाइफ फूड्सले नयाँ प्रडक्टका रूपमा प्रिमियम बासमती चामल बजारमा ल्याएको हो । ‘जिआई राइस’ डायबेटिक बिरामीका लागि पनि उपयुक्त हुने जनाइएको छ ।

अध्यक्ष पौडेलले भन्नु भयो “आजसम्म हाई लाइफले एफएमसिजी अन्तर्गत विभिन्न २० वटा प्रडक्ट बजारमा ल्याएका छौँ, जसमा कुरुमकुरुम चिउरादेखि, चोकोप्लस, कन्फ्लेक्स, मसौरा, बेसन, ब्रुसली, केचप, जाम, बदाम, चियासिड्स, पेस्तालगायत प्रमुखमा पर्छन् ।”

IME Life
kumari