citizens life insurance long ad
stcnepal long ad

राष्ट्रिय बीमा कम्पनी लिमिटेड १२ ओैं वर्षमा प्रवेश

Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । नेपालको बीमा व्यवसायमा पायनियर र सबै भन्दा पुरानो राष्ट्रिय बीमा कम्पनी लिमिटेड साउन १८ गतेबाट १२ ओैं वर्षमा प्रवेश गरेको छ।

राष्ट्रिय बीमा संस्थानको निर्जीवन बीमा व्यवसाय हेर्ने विभागलाई छुट्टै स्वतन्त्र निकायको रूपमा निर्जीवन बीमा व्यवसाय गर्नेगरी नेपाल सरकारको निर्णय बमोजिम कम्पनी ऐन,२०६३ अनुसार कम्पनी रजिस्ट्रारको कार्यालयमा मिति २०७१ जेठ २८ गते दर्ता भई २०७१ साल साउन १८ गतेबाट व्यावसायिक कारोबार सञ्चालन गरेको राष्ट्रिय बीमा कम्पनी लिमिटेड सरकारी स्वामित्वको एक मात्र निर्जीवन बीमा कम्पनी हो। यो बीमा कम्पनी आजदेखि स्थापनाको १२औं वर्षमा प्रवेश गरेको छ।

नेपालको संविधानले नागरिकको सामाजिक सुरक्षालाई मौलिक हकका रूपमा स्वीकार गरेको छ भने, बीमा व्यवसायलाई दिगो आर्थिक सुरक्षाको माध्यमका रूपमा पहिचान गरेको छ। नेपाल सरकारको १६ औं पञ्चवर्षीय योजना, नीति तथा कार्यक्रम, वार्षिक बजेट र नेपाल बीमा प्राधिकरणको बीमा नीतिमा बीमा पहुँच विस्तार, सामाजिक सुरक्षा विस्तार, जोखिम न्यूनीकरण र वित्तीय समावेशीताको प्रवर्द्धन मार्फत बीमा क्षेत्रलाई आर्थिक विकासको मेरुदण्डका रूपमा अगाडि बढाउने रणनीति तय गरिएको छ ।

यिनै नीतिगत दृष्टिकोणलाई आत्मसात गर्दै कम्पनीले पारदर्शिता, उत्तरदायित्व, नवप्रवर्तन र प्राविधिक सशक्तीकरण मार्फत सेवा प्रवाह गर्न प्रतिबद्धता जनाएको छ ।

५८औं वर्षको व्यावसायिक यात्रामा नेपाल सरकार तथा नेपाल बीमा प्राधिकरणको प्रमुख सहयोगीको भूमिका निर्वाह गर्दै यस कम्पनी प्रभावकारी सुशासन, चुस्त सेवा र व्यावसायिक स्वस्थता कायम गर्न पूर्ण प्रतिबद्ध रहदै आएको छ।

यस यात्रामा विश्वासका साथ सहकार्य र सहयोग गर्ने महालेखा परीक्षकको कार्यालय, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल धितोपत्र बोर्ड, नेपाल राष्ट्र बैंक, नेपाल स्टक एक्सचेन्ज लिमिटेड, सिडिएस एण्ड क्लियरिङ लिमिटेड, कर्मचारी सञ्चय कोष, नेपाल बैंक लिमिटेड, अन्य बैंक तथा वित्तीय संस्थाहरू, संस्थागत तथा व्यक्तिगत ग्राहकहरू, अभिकर्ताहरू, सर्भेयरहरू, पुनर्बीमक र समग्र व्यावसायिक सहयोगीहरूमा कम्पनी हार्दिक आभार प्रकट गरेको छ।

राष्ट्रिय बीमा कम्पनी लिमिटेड आगामी दिनहरूमा संविधान, नीति तथा योजना अनुसार सबै क्षेत्रका नागरिकहरू समक्ष बीमाको पहुँच पुऱ्याउने, समयसापेक्ष सेवा विकास गर्ने र विश्वासिलो, सुलभ तथा दिगो बीमा सेवा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ ।

IME Life
kumari