stcnepal long ad
global ime bank long

गुटगत राजनीतिको अन्त्य गराै

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

–आर.सी.न्याैपाने

जव पार्टीमा विचार ,विधि,मुल्य,मान्यता,आदर्श र मुल्याङ्कनको मापदण्द च्युत हुन पुग्दछ ,तव पार्टी भित्र बिसर्जनवादी ,बिघटनवादी लोभी पापी स्वार्थ गुटहरुको उदय हुन पुग्दछ ।

त्यस पछि पार्टी भित्र विचार, कार्यदिशा ,विधि, कार्ययोजना ,कार्यक्रमको बहस होइन की स्वार्थ समूहहरुकावीच निहित स्वार्थ पुर्तिको टक्रावका रिहर्सल मंचन हुन पुग्दछ । यहि प्रकृयाबाट मध्ययुगिन भुरे टाकुरेवादको पश्चगामी कुरुप भुइफुट्टावादको जन्म हुन पुगी निशेदको राजनीति आरम्भ हुन्छ ।

यस्तो स्थितिमा पार्टी भित्र गुटहरुको धम्की ,षडयन्त्र ,जालसाजी ,छलछाम बिकृति र बिसंगतिको बाहुबलको राजनीतिले उत्कर्ष रुप लिन पुग्दछ । आ-आफ्ना गुटका कार्यकर्ताहरुको स्वार्थ परि पुर्ति गरी गुटको टाउके अन्तत पार्टी को प्रमुख हुने दाउपेचमा गुटहरुको बिचमा खतर्नाक पोलापोल उद्घाटित हुन पुगि एउटै पार्टी भित्रका सहयोद्धाहरु बिच बोलचाल समेत बन्द हुन थाल्छ ।

अन्तत यस्तो घृणित षडयन्त्रको सिकार पार्टी भित्रका बैचारिक इमान्दार ,काममा खटिरहने नेता कार्यकर्ताहरुको पंति हुन पुगिरहेका छन् र पुग्दछन् । अहिले हाम्रो पार्टी यस्तै गुट उपगुटहरुको मारमा परी बिसर्जन र बिघटनको दिशामा उन्मुख छ ।

हो निश्चित रुपमा यहा गुटहरुलाई पार्टीको कुनै चिन्ता छैन चिन्ता छ त केवल आफ्नो गुटलाइ थप सक्तिशाली कसरी बनाउने ,धनको भकारी भोर्ने ,बिदेशी सक्तिको बिश्वासिलो बन्ने र गुटका हनुमाहरुलाइ चुनावमा टिकट दिलाउने ,पार्टी कब्जा कसरी गर्ने भन्ने मात्र ।

यस्तो गलत संस्कार र संस्कृति गुटगत राजनीतिको समुल नष्ट अहिलेको महत्वपुर्ण आवश्यकता हो । के यो संभव छ ? निश्चित रुपमा संभव छ ,यसको लागि सर्व प्रथम पार्टी भित्रका इमान्दार नेता कार्यकर्ताको टिमले वस्तुगत परिस्थितिको ठोस विश्लेषणका साथ खराविका विरुद्ध ससक्त भण्डाफोर अभियान चलाइ गुटका नाइकेहरु र उनका पिछलग्गुहरुको कर्तुकहरुको सार्वजनिक गर्दै नाङ्गेझार पार्न कुनै कसर बाँकी राख्नु हुँदैन ।

सहि बिचारको रक्षा गर्दै नेकपा(नेकपा) निर्माणको मर्म भावना र उदेश्य साकार पार्न कुत्सित षडयन्त्रकारी सबै गुटहरुको अन्त्य इतिहांसको आवश्यकता हो । आउनुहोस इतिहांसको यो आवश्यकता पुरा गर्न पहल कदमी अघि बढाऔं ।

IME Lifesidebar
kumari