stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

आरएमडीसी लघुवित्तको नाफा घट्यो

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । आरएमडीसी लघुवित्त वित्तीय संस्थाले आफनो वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा लघुवित्तको नाफा घटेको छ ।
गत आर्थिक वर्षको चौथो त्रैमासमा लघुवित्तले २८ करोड ५१ लाख ४९ हजार खुद नाफा गरेको छ । उक्त विवरण अनुसार अघिल्लो वर्ष सोहि अवधिमा कम्पनीले ३२ करोड ९२ लाख १४ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

समिक्षा अवधिमा लघुवित्तको संचालन नाफा ४८ करोड २५ लाख २६ हजार रुपैयाँ रहेको छ । गत बर्षको सोहि अवधिमा लघुवित्तले ४५ करोड ५१ लाख १७ हजार मात्र संचालन नाफा गरेको थियो ।

लकडाउनको कारण लघुवित्तको खुद ब्याज आम्दानीमा कमी आएको छ । अघिल्लो आर्थिक बर्षमा ४८ करोड ५९ लाख ४७ हजार खुद व्याज आम्दानी गरेको लघुवित्तले चौथौ त्रैमासको अवधिमा ४६ करोड २ लाख ७४ हजार रुपैयाँ मात्र खुद ब्याज आम्दानी गरेको छ।
हाल लघुवित्तको चुक्ता पुँजी ८९ करोड ९३ लाख २३ हजार रुपैयाँ रहेको छ भने जगेडा कोषमा एक अर्ब ६९ करोड ९९ लाख ६१ हजार रहेको छ ।

prabhu mahalaxmi
kumari