stcnepal long ad
global ime bank long

६३ औँ इन्जिनियर दिवसको तयारी पुरा

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

नेपाल इञ्जिनियर्स एसोसियसनले आयोजना गर्न गइ रहेको ६३ औँ इन्जिनियर दिवसको तयारी पुरा भएको छ। एसोसियसनले श्रावण १ गते प्रेश बिज्ञप्ति जारी गर्दै सम्पूर्ण जानकारी गराएको हो।

२०८२ श्रावण २ र ३ गते ललितपुरको द प्लाजामा ‘Engineers and AI: Creating Impact’ भन्ने नारासहित विशेष समारोहको आयोजना गर्न गइ रहेको छ।

श्रावण २ गते बिहान १० बजे बाट विभिन्न पाँच वटा प्राविधिक सत्रहरूको संचालन हुने छ। ती सत्रहरूमा स्मार्ट सिटी, ऊर्जा रूपान्तरण, यातायात र डिजिटल पूर्वाधार, तथा जलवायु, अर्थतन्त्र लगायतका विषयमा नीतिगत र प्राविधिक बहस गरिनेछ।

सत्रहरूको अध्यक्षता सम्बन्धित मन्त्रालयका सचिव ज्यूहरूले गर्नुहुनेछ। प्रत्येक सत्रमा विषयगत विशेषज्ञ, सरकारी प्रतिनिधि, युवा इन्जिनियररआर्किटेक्ट तथा निजी क्षेत्रका प्राविधिकहरूको सक्रिय सहभागिता रहने एसोसियसनले जनाएको छ ।

कार्यक्रमको दोस्रो दिन श्रावण ३ गते १० बजेबाट दुई वटा प्राविधिक सत्रहरू हुनेछन्। ती सत्रहरूमा पूर्वाधारमा इन्जिनियरहरूको उत्तरदायित्व, राष्ट्रिय बजेट २०८२र८३ को समीक्षा र इन्जिनियरिङ् पूर्वाधारको प्राथमिकता जस्ता विषयमा छलफल गरिने एसोसियसनले जनाएको छ।

कार्यक्रमको मुल समारोह २०८२ श्रावण ३ दिउसो तीन बजेपछि सुरु हुनेछ। समारोहमा प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख आतिथ्यता रहनेछ भने उपप्रधानमन्त्री, विभागीय मन्त्रीहरू, सचिवहरू, महानिर्देशकहरु, प्राधिकरण तथा संस्थानका प्रमुखहरु, सम्बन्धित निकायका उच्चपदस्थ अधिकारीहरू लगायत विशिष्ट व्यक्तित्वहरुको उपस्थिति रहनेछ।

समारोहमा नेपाल इन्जिनियर्स एशोसिएसनले विभिन्न ९ विधामा विशिष्ट योगदान पुर्‍याएका इन्जिनियर र आर्किटेक्टहरूलाई सम्मान गरिने छ। इन्जिनियर दिवसको अवसर पारेर यस बर्ष नेपाल इन्जिनियर्स एसोसियसनले जब पोर्टलको समेत सुरुवात गर्न गइ रहेको छ ।

६३ वर्ष लामो इतिहास बोकेको नेपाल इन्जिनियर्स एशोसिएसनले यस वर्षको इन्जिनियर्स दिवसलाई ‘Engineers and AI: Creating Impact’ मूल नारा मार्फत नयाँ प्रविधिहरू विशेषगरी आर्टिफिसियल इन्टेलिजेन्स (AI)लाई इन्जिनियरिङसँग जोडेर नेपालको समृद्ध भविष्य निर्माणमा इन्जिनियरहरूको भूमिका अझ प्रभावकारी बनाउने उद्देश्य राखिएको एसोसियसनका उप महासचिव एवम् ६३ औँ इन्जिनियर दिवस आयोजक मुल समारोह समितिका संयोजक ई। अनिल मानन्धरले बताउनु भयो।

IME Lifesidebar
kumari