stcnepal long ad
ime life insurance
national life
global ime bank long

ज्योति विकास बैंकले पायो आईएसओ प्रमाणपत्र

prabhu mahalaxmi
IME Lifesidebar
Nimb long ad

काठमाडौं । ज्योति विकास बैंकले सूचना सुरक्षा व्यवस्थापन प्रणालीमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त आईएसओ २७००१: २०२२ प्रमाणपत्र प्राप्त गरेको छ।

यस सँगै आईएसओ २७००१: २०२२ प्रमाणपत्र प्राप्त गर्ने नेपालको पहिलो विकास बैंकको रूपमा ज्योति विकास बैंकले ऐतिहासिक उपलब्धि हासिल गरेको हो ।

अन्तर्राष्ट्रिय सर्टिफिकेसन संस्था इन्टरक्रेटले प्रदान गरेको यो प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि अत्यन्त प्रसिद्ध अन्तर्राष्ट्रिय सर्टिफिकेशन हो ।

यस उपलब्धिले बैंकको समष्टिगत सूचना सुरक्षा संरचना उत्कृष्ट रहेको सुनिश्चितता प्रदान गरेको जनाएको छ ।

बैंकले मोबाइल बैंकिङ्ग, कार्ड भुक्तानी सेवा, निक्षेप तथा कर्जा सेवा तथा बैंकको आईटि, मानव संशाधन,डिजिटल बैंकिङ्ग, सामान्य प्रशासन, अपरेशन तथा जोखिम व्यवस्थापनका क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको उच्चतम र गुणस्तरिय सूचना सुरक्षा प्रणाली लागू गर्दै आएकाले इन्टरक्रेटको सुरक्षा सर्टिफिकेसन प्राप्त गर्न सफल भएको हो । बैंकको सूचना सुरक्षा अन्तर्राष्ट्रिय स्तरको रहेको सर्टिफाइ भएको छ ।

बैंकले आफ्नो सुरक्षात्मक प्रणाली, अभ्यास र नियन्त्रण नीतिहरुलाई गहन परिक्षण गराउदैं उक्त प्रमाणपत्र प्राप्त गर्न सफल भएको जनाएको छ ।

ग्राहकहरुको सुविधाको लागि डिजिटल बैंकिङ्गमा सक्रिय रुपमा नयाँ प्रविधिहरु विस्तार गरिरहेको यस विकास बैंकले सूचना सुरक्षा, साइबर जोखिम विरुद्ध निवारक प्रणाली, निरन्तर सुधारात्मक निति तथा नियामक निकायहरुको व्यवस्था अनुपालनमा कुनै सम्झौता नगरी बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा ४० करोड कर तिरेको छ । साथै, चालु आर्थिक वर्षको पुस मसान्तसम्म १५ करोड कर स्वरूप बुझाइसकेको छ। ज्योति विकास बैंकले हाल १२१ वटा शाखा कार्यालय, ३ वटा विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत सेवा उपलब्ध गराउँदै आईरहेको छ ।

prabhu mahalaxmi
kumari