stcnepal long ad
ime life insurance
national life
global ime bank long

विदेश भ्रमण जाने नेपालीले लैजान पाउने रकमको सीमा बढ्यो

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेश जाँदा नेपालीले लैजान पाउने रकमको सिमा बढाएको छ । राष्ट्र बैंकले भारत बाहेक अन्य मुलुकको भ्रमणमा जाने नेपाली नागरिकलाई राहदानीबापत प्रतिपटक अमेरिकी डलर ३ हजार वा सोबराबरको परिवत्र्य विदेशी मुद्रासम्म सटही सुविधा दिन सकिने व्यवस्था गरेको छ । यसअघि यस्तो सुविधा अमेरिकी डलर २ हजार ५०० थियो।

राष्ट्र बैंकले बिहीबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दे नयाँ व्यवस्था गरेको हो । अब विदेशी मुद्रा साट्न बैंक खाता अनिवार्य गरेको छ ।

राहदानी बापतको सटही सुविधा र औपचारिक भ्रमण बापतको सटही सुविधा परिवत्र्य विदेशी मुद्राको खातामा जम्मा गरी (नयाँ खाता खोली) उपलब्ध गराउन सकिने व्यवस्था थप गरिएको छ। यसअघि यस्तो व्यवस्था थिएन।

IME Lifesidebar
prabhu mahalaxmi
kumari