stcnepal long ad
ime life insurance
national life
global ime bank long

बजेट कार्यान्वयनमा कडाइ गर्दै अर्थ मन्त्रालयको ९४ बुँदे निर्देशन जारी

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । अर्थ मन्त्रालयले चालू आर्थिक वर्ष २०८२/०८३ को बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन ९४ बुँदे कार्यान्वयन मार्गदर्शन जारी गरेको छ ।

मन्त्रालयले बिहीबार सबै संघीय मन्त्रालय, आयोग, निकाय तथा मातहतका सबै कार्यालयहरूलाई सो मार्गदर्शन परिपत्र पठाएको हो ।

मार्गदर्शनमा बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउने विभिन्न उपायहरू उल्लेख छन् । मन्त्रालयले भुक्तानी प्रणालीलाई पारदर्शी र उत्तरदायी बनाउन सबै भुक्तानीहरू अनिवार्य रूपमा विद्युतिय प्रणाली (इलेक्ट्रोनिक मिडियम) मार्फत गर्नुपर्ने व्यवस्था गरेको छ ।

त्यस्तै, खर्च हुन नसक्ने वा नभएको बजेटलाई चैत १५ गतेअघि नै सम्बन्धित निकायले सरेन्डर गर्नुपर्ने उल्लेख गरिएको छ । यसले बजेटको दुरुपयोग तथा अनावश्यक बन्दोबस्तीलाई रोक्ने विश्वास लिइएको छ ।

IME Lifesidebar
prabhu mahalaxmi
kumari