stcnepal long ad
ime life insurance
national life
global ime bank long

आइतबारबाट सान्भी इनर्जीको शेयर कारोबारमा आउने

Nimb long ad
himalayan life insurance
Prabhu Insurance Long Ad

काठमाडौं । सान्भी इनर्जीको शेयर आउँदो आइतबारबाट कारोबारमा आउने भएको छ। सान्भी इनर्जीको आइपीओ आज नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको छ। कुनै पनि कम्पनीको धितोपत्र नेप्सेमा सूचीकृत भएको दोस्रो दिनबाट कारोबारमा आउँछ।

भोलि शुक्रबार शेयर कारोबार नहुने र पर्सि शनिबार बिदा परेकोले यो कम्पनीको शेयर आइतबारबाट कारोबारमा आउने भएको हो।

नेप्सेमा सान्भी इनर्जीको कुल ८८ लाख कित्ता शेयर सूचीकृत भएको छ। जसमा संस्थापक समूहको ५० लाख १० हजार कित्ता (५६.९३ प्रतिशत) र सर्वसाधारणको ३७ लाख ९० हजार कित्ता (४३.०७ प्रतिशत) शेयर रहेको छ।

नेप्सेले सान्भी इनर्जीलाई ‘एसएएनभीआई’ कारोबार संकेत प्रदान गरेको छ। पहिलो कारोबारका लागि भने नेप्सेले यो कम्पनीलाई प्रतिकित्ता न्यूनतम १२०.७४ रुपैयाँदेखि अधिकतममा ३६२.२२ रुपैयाँ तोकेको छ।

यदि आइतबार स्पेसल प्रिओपन सेसनमा नेप्सेले तोकेको रेन्जभित्र यो कम्पनीको शेयर कारोबारमा आएमा नियमित सत्रका लागि कारोबार खुल्नेछ।

सान्भी इनर्जीले गत जेठ ९ गतेदेखि जेठ ११ गतेसम्म सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ। आइपीओ बाँडफाँट भने धितोपत्र बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टको कार्यालयमा जेठ २६ गते भएको थियो।

IME Lifesidebar
prabhu mahalaxmi
kumari