stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance

त्रिभुवन विश्वविद्यालयको पाठ्यक्रममा विवादमा 

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले पाँच महिनाअघि लागु गरेको स्नातकोत्तर (एमए) तहको नेपाली विषयको नयाँ पाठ्यक्रम विवादमा परेको छ । पाठ्यक्रम निर्माणले गर्दा तत्कालीन विषय समितिका प्रमुख लगायतले पूर्वाग्रही र निषेधात्मक प्रणाली अवलम्बन गरेको तथा आफ्नै कृतिका विषयसूची हुबहु नयाँ पाठ्यक्रममा समावेश गरेको आरोप लागेको छ ।

यी आरोप सहित संसद्को शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा उजुरी परेको थियो । समितिले उजुरी मार्फत लगाइएको आरोपमाथि प्रारम्भिक अध्ययन गर्दा गम्भीर प्रकृतिको देखिएपछि समिति अन्तर्गत रहेको उपसमितिले तीनदिने अल्टिमेटम दिँदै विश्वविद्यालयलाई पत्राचार गरेको छ । समितिले असार २२ गते उपकुलपति कार्यालयमा पत्राचार गरेको हो ।

समितिमा महिला साहित्यकार समूहको तर्फबाट दिइएको निवेदनमा तत्कालीन नेपाली विषय समितिका अध्यक्ष प्रा.डा. खगेन्द्रप्रसाद लुइटेलको डायस्पोराको सैद्धान्तिकस्वरूप (२०७९) कृतिको विषयसूची हुबहु सारिएको आरोप लगाइएको छ । लुइटेल त्रिवि नेपाली केन्द्रीय विभागका पूर्वप्रमुख समेत हुनुहुन्छ ।

महिला साहित्यकार समूहकी संयोजक रीता खत्रीले डायस्पोराको सैद्धान्तिकस्वरूप कृतिको विषयसूचीमा हुबहु राखिनुका साथै पाठ्यघण्टा र पाठ्यक्रममा समेत असन्तुलन रहेको आरोप लगाउनुभयो ।

पाठ्यक्रममा एकलौटी गरेको विषयमा यसअघि विश्वविद्यालयका शिक्षाध्यक्ष, मानविकी तथा सामाजिकशास्त्र सङ्कायका डिन र नेपाली मूल विषय समितिका अध्यक्षलाई तथ्यसहित ध्यानाकर्षण गराउँदा पनि चासो नदिएको गुनासो गर्नुभयो ।

prabhu mahalaxmi
kumari