stcnepal long ad
nabil bank
macchha(MBL)
ime life insurance
global ime bank long

सत्य तथ्य सूचना सम्प्रेषण गर्दा राष्ट्र निर्माणमा सहयोग पुग्छः सूचना आयुक्त

IME Lifesidebar
Nimb long ad
Prabhu Insurance Long Ad

काठमाडौं । राष्ट्रिय सूचना आयोगका सूचना आयुक्त कमला ओलीले सत्य तथ्य सूचनाको सम्प्रेषणले राष्ट्र निर्माणमा ठूलो सहयोग पुग्ने बताएकी छन् ।

नियमनकारी भूमिकामा रहेको आयोग र सूचना दिने माध्यम पत्रकारबीचको सम्बन्ध सौहार्दपूर्ण बनाउँदै राष्ट्र निर्माणमा ठूलो योगदान पु¥याउन सकिने उनले बताइन् ।

आयोगमा भएको पत्रकार सम्मेलनमा आयुक्त ओलीले सूचना नपाउँदा जनतामा आउने अन्यौलताको अन्त्य गर्न आयोगको गठन भएको उल्लेख गर्दै सहि सूचना सम्प्रेषण गरी राज्यलाई सहयोग गर्दै जवाफदेही, पारदर्शी बनाउन भूमिका खेल्नुपर्ने बताइन् ।

कोभिड—१९ का कारण कार्ययोजना अनुसार देशव्यापी कार्यक्रम सम्पन्न गर्ने वातावरण नभएपछि अवस्था सहज हुँदै गएपछि जनतालाई सूचना कसरी प्रत्याभूत गर्ने र कसरी सूचना माग्न सहजता हुन्छ भन्ने विषयमा अभिमुखिकरण कार्यक्रम गरिने उनले बताइन् ।

prabhu mahalaxmi
kumari