‘एमबीएल इक्विटी फन्ड’का इकाइ सूचीकृत नेप्सेमा, भोलिबाट कारोबार गर्न मिल्ने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आज एमबीएल इक्विटी फन्ड सूचीकृत भएको छ। अब यो म्युचुअल फन्डका इकाइहरु भोलि बिहीबारबाट कारोबार गर्न मिल्नेछ।
माछापुच्छ्रे क्यापिटल योजना व्यवस्थापक रहेको यस म्युचुअल फन्डका १० रुपैयाँ अंकित दरका कुल १२ करोड १६ लाख २५ हजार ३३० इकाइ नेप्सेमा सूचीकृत भएको हो।
कम्पनीले हालै धितोपत्र बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ मार्फत यस योजनाका इकाइहरु बिक्री खुला गरेको थियो।
कुनै पनि धितोपत्र नेप्सेमा सूचीकृत भएको भोलिपल्टबाट कारोबार आउँछ। सोहीबमोजिम यो म्युचुअल फन्डका इकाइहरु पनि भोलि बिहीबारबाट कारोबारमा आउने भएको हो।
नेप्सेले यो योजनालाई ‘एमबीएलईएफ’ कारोबार संकेत प्रदान गरेको छ। यस योजनाको कोष प्रवर्द्धकमा माछापुच्छ्रे बैंक रहेको छ।


























